सहमति पछि पनि खुलेन धादिङ बसपार्क

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र १०, २०७१

धादिङबेसी चैत्र १० गते । जग्गादाताहरुको आन्दोलनको कारण १० दिनदेखी बन्द रहेको नीलकण्ठ नगरपालिकाको बसपार्क खुलेको भन्ने सहमतिमा मसी ओझाउन नपउँदै मत बाझिएपछि कार्यान्वयनमा आउन सकेको छैन ।
१० दिनदेखी आन्दोलन गरेका जग्गादाताहरुले पटक पटकको अनौपचारिक र औपचारिक छलफलपछि बसपार्कलाई व्यवस्थित बनाउँदै लैजान निर्णय गर्दै सहमति गरेको पत्रसमेत सार्वजनिक भएको छ ।
ph copyसार्वजनिक भएको निर्णयमा काठमाण्डौबाट आएका सबै सवारी साधनहरु बसपार्क छिरेर मात्रै अन्यत्र जाने, जिल्लाबाट वाहिर जाने सबै यातायातका साधनहरुको मूख्य काउण्टर बसपार्कमा बनाईने, बसपार्क व्यवस्थापनको लागि आवश्यक कामहरु सबै सरोकारवालाहरुले आ–आफ्नो ठाउँबाट गर्ने प्रहरी तथा ट्राफिक प्रहरी विट स्थापना गर्न पहल गर्ने लगायतका विषयमा सहमति भएको उल्लेख छ ।
बसपार्क संचालन गराउने विषयमा सरोकारवालाहरु बीच आज नीलकण्ठ नगरपालिकाको कार्यालयमा छलफल भएको थियो । सरोकारवालाहरु बीच आज भएको सहमतिमा जिल्लामा संचालित पटके सवारीहरुको कर उठाउने बारे पनि सहमति गरिएको थियो । सहमतिपछि धादिङ जिल्लामा संचालनमा आएका सबै प्रकारका यातायातका साधनहरु बसपार्कमा राख्ने र वसपार्कमा राखिएका पुराना गाडीहरु हटाउने लगायतको सहमति भएको एक सदस्यको भनाई थियो । तर दिउसो ४ बजे नै सहमति भएको उल्लेख पनि साँझ साढे ६ बजेसम्म बसपार्क खुलेको छैन ।
नगरपालिकामा बोलाएर पहिल्यै भएको सहमतिमा हस्ताक्षर गर्न लगाएर भुलाइएको भन्दै केहीले विरोध जारी राखेका छन् ।
केही मान्छेहरुलाई बोलाएर पुरानै सहमतिमा सहि गराउन लगाएको स्थानीयहरुले आरोप लगाएका छन् ।