ढोलालाई खोपयुक्त गाविस घोषणा गरियो

Avatar photo
Dhadingpost
सोमवार, चैत्र ९, २०७१

dholaढोला चैत्र ९ गते । ढोला गाविसलाई पूर्ण खोप गाविस घोषणा गरिएको छ । पूर्ण खोप सुरक्षित भविष्य भन्ने मूल नाराका साथ कुनै पनि बालबालिकाहरु खोप लगाउनबाट वञ्चित नहुन पूर्ण खोप गाविस घोषणा गरिएको हो ।
गाविसलाई पूर्ण खोप गाविस घोषणा घोषणा भयो भन्दैमा आफ्ना बच्चाहरुलाई खोप लगाउन छोडने होइन सबैलाई खोप लगाउनु पर्छ र नटुटोस भन्ने चेतना दिनको लागि गाविसलाई पूर्ण खोप गाविस घोषणा गरेको वरिष्ठ जनस्वास्थ्य प्रशासक जीवन कुमार मल्लले बताउनु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय धादिङ , ढोला स्वास्थ्य चौकी धादिङको आयोजना र शान्ति नेपालको सहयोगमा भएको कार्यक्रममा ढोला स्वास्थ्य चौकी कालिकास्थान खोप केन्द्र तथा गाउँघर क्लिनिक भवनको पनि वरिष्ठ जनस्वास्थ्य प्रशासक जीवन कुमार मल्लद्धारा उद्घाटन गर्नु भएको थियो ।
जिल्ला विकास समितिबाट १ लाख ५० हजार, रिम्स नेपालबाट ४५ हजार, शान्ति नेपालबाट ५० हजार, गाविसबाट ३० हजार र समुदायबाट २५ सय सहयोगमा भवन निर्माण गरिएको थियो ।