गुप्टिलको कीर्तिमानसँगै न्यूजिल्याण्ड सेमिफाइनलमा

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ८, २०७१

New-Zealand-v-West-Indiesमार्टिन गुप्टिलको कीर्तिमानी २३७ रनको मदतमा वेष्टइण्डिजलाई हराउँदै न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको तेस्रो क्वार्टरफाइनलमा घरेलु टोली न्यूजिल्याण्डले वेष्टइण्डिजलाई १४३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

न्यूजिल्याण्ड लगातार तेस्रो पटक र समग्रमा सातौ पटक सेमिफाइनलमा पुगेको हो । तर, उसले अहिलेसम्म विश्वकपको उपाधि भने जित्न सकेको छैन । सातै पटक सेमिफाइनलबाटै बाहिरिँदै आएको छ । टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३९३ रन बनायो । न्यूजिल्याण्डले ओपनर ब्रेन्डन म्याकुलम १२ र केन विलियम्सन ३३ रनमा आउट भए, जतिबेला न्यूजिल्याण्डको स्कोर ८९ रन थियो ।
तर, ओपनर गुप्टिलले कीर्तिमानी पारी खेले । गुप्टिलले तेस्रो विकेटका लागि रोस टेलरसँग १४३ रनको साझेदारी गरे । टेलर ४२ रनमा आउट भए । गुप्टिल र टेलरको साझेदारी टुटेपछि अन्य ब्याट्सम्यानले टुप्टिललाई साथ दिन सकेनन् । तर, अन्तिमसम्म टिकिरहेका गुप्टिलले दोहोरो शतकसँगै अविजित २३७ रन बनाए । यो विश्वकपमा कुनै पनि ब्याट्सम्यानमा एकै इनिङमा बनाएको सर्बाधिक रन हो ।