जातीय बिभेद तथा छुवाछुत मुक्त दिवस मनाईयो

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ८, २०७१

woधादिङबेसी चैत्र ७ गते । ५० औं अन्तराष्ट्रि जातीय बिभेद तथा छुवाछुत मुक्त दिवसको अवसर पारेर शनिवार धादिङवेसीमा ¥याली तथा अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।
“जातिय छुवाछुत तथा भेदभाव विरुद्ध लडौं, विगतबाट पाठ सिकौं” भन्ने नारा सहित ५० औं अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवसमा ¥याली तथा अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न गरिएको हो ।
जिल्ला दलित समन्वय समिति धादिङको आयोजना र दलित सेवा संघ धादिङ र राष्ट्रिय दलित समाज कल्याण संघ धादिङको सह आयोजनामा सम्पन्न भएको कार्यक्रममा पुछारबजारबाट ¥याली सहित जिल्ला विकास समितिको सभाहलमा अन्तरक्रिया गरिएको थियो ।
कर्यक्रममा धादिङ जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, विभिन्न समाजिक संस्घ संस्था सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियो ।
जिल्ला दलित समन्वय समिति धादिङका अध्यक्ष भोजबहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सामाजिक रुपान्तरणमा भुमिका र जातीय बिभेद अन्त्य गर्ने विषयमा छलफल गरिएको थियो ।