एमाओवादी निकट शिक्षकहरुको विस्तारित वैठक सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ८, २०७१

masधादिङ चैत्र ८ गते । एकीकृत माओवादी निकट शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन क्षेत्र नं. २ धादिङको विस्तारित बैठक शनिवार सम्पन्न भएको छ । एकीकृत माओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा संगठनका पूर्व अध्यक्ष शंकर अधिकारी, शैक्षिक गणतान्त्रिक मंचका अध्यक्ष केशरी प्रसाद पन्त लगायतको आतिथ्यता रहेको थियो ।
बैठकमा एकीकृत माओवादी सहितको ३० दलिय मोर्चाले आयोजना गरेको संघर्षको कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।
सो अवसरमा एकीकृत नेकपा माओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले सहमतिबाटै संविधान जारी गर्न ३० दलिय मोर्चाले आन्दोलन गर्नुपरेको बताउनुभयो ।
३० दलिय मोर्चाले ओयोजना गरेको दोस्रो चरणको आन्दोलनको कार्यक्रममा सबै शिक्षकहरुलाई सक्रिय सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो । बैठकमा शिक्षकहरुले जिल्लाको समग्र शैक्षिक अवस्थामा राजनीतिक दलहरुले उठाउनुपर्ने एजेण्डा, जारी एसएलसी परीक्षामा भैरहेको गतिविधि लगायतको विषयवस्तुको बारेमा छलफल गरिएको थियो ।