मालपोत धादिङको कम्प्यूटर अपरेटर कृष्ण खड्का माथि आक्रमण

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १, २०७१

krisna copyधादिङबेसी चैत्र १ गते । जिल्ला मालपोत कार्यालय धादिङमा कम्प्यूटर अपरेटको रुपमा कार्यरत कृष्ण खड्का माथि आक्रमण भएको छ ।
खाना खाएर अफिस आउँदै गर्दा पौने १० बजे धादिङबेसी सितलवजारमा बाटो कुरेर बसेकी नीलकण्ठ नगारपालीका केराबारीकी सिता थापामगरको आक्रमणमा खड्का घाईते हुनुभएको हो ।
टाउकोमा गहिरो चोट लागेकाले थप उपचारको लागि जिल्ला अस्पताल धादिङले खड्कालाई काडमाडौं रिफर गरेको छ । के कति कारणले सितामगरले खड्कालाई लाठी प्रयोग गरेकी हुन भन्ने खुल्न सकेको छैन ।
खड्का माथि लाठी प्रहार गर्ने सिता थापामगरलाई भने प्रहरीले गिरफ्तार गरि सकेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।