धादिङका कलाकारहरु काठमाडौंमा संगठित

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १, २०७१

pचैत्र १ गते । धादिङ जिल्लामा जन्मेर देशका विभिन्न भागबाट कलाकारीता गर्ने कलाकारहरुको प्रथम भेला सम्पन्न भएको छ ।
काठमाडौ बालाजु स्थित बाईधारामा शनिवार राष्ट्रिय कलाकारहरुको उपस्थितिमा भेला आयोजना गरिएको हो । सबैजसो कार्यक्रमहरुमा राजनीतिक दलका नेताहरु भेटिने गरेकोमा हिजो राजनीतिक दलका कोहि पनि देखिएका थिएनन् धादिङ जन्म थालो भएका कलाकारहरुले यसलाई नै कलाकारिताको मर्म अनुसारको कार्यक्रम भनेका छन् । भेलामा उनीहरुले धादिङका कलाकारहरुको सझा सस्था धादिङ कलाकार संघ भएकोले राजनीतिक गन्ध आउने क्रियाकला नगर्ने समेत बताएका थिए । भेलाले हिमाल घले अध्यक्ष रहने गरि १३ सदस्यीय धादिङकलाकार संघ समेत गतन गरेको छ । जसमा उपाध्यक्ष विरु लामा, सचिव देव आले, सह सचिव सिवानी अधिकारी, कोषध्यक्ष विनु तामाङ र सदस्यहरुमा राजु भट्ट, पवित्रा अधिकारी, राकेश गरुङ, सविता गुरुङ, गोकर्ण राना, विन्दा परियार, अमृत कुमार वि.क., कल्याण राना रहेका छन् ।