दुःख गरे यहि सुन फल्छ, दैनिक ४ हजार कमाउँ छु–तामाङ

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २८, २०७१

mamaराजन अधिकारी
काठमाडौं फागुन २८ गते । धादिङ जिल्ला किराञ्चोक–५ स्थायी घर भएका मनिस घलान तामाङ हाल काठमाण्डौं स्थित चेकपोष्ट, थानकोटमा विगत ५ वर्ष देखि ठेला मःमः व्यवसाय सञ्चालन गरी राम्रो आम्दानी गर्दै आउनु भएको छ ।
२०६५ सालमा काडमाण्डौं प्रवेस गरे सँगै मःम बेचेर दैनिक ४ हजार आम्दानी गर्ने गरेको बताउनु हुन्छ । दिउँसो २ बजे तिर गाडामा मःम निकाल्ने उहाँ वेलुकी ८ बजेसम्म मःम बेच्नमै बेस्त दखिनु हुन्छ ।
पहिले खसि बाख्रा बेचेर घरको खर्च चलाउन पर्ने अवस्था थियो उनले भने त्यती गर्दा पनि घरखर्च धान्न धौ–धौ परेको थियो, उनले भने “गाउँमा खेतियोग्य जमिनै छैन ।” सुरुमा श्रीमान÷श्रीमती दुई जना काठमाण्डौं आएका उनी हाल आफ्ना भाई बहिनीलाई पनि यहि ल्याएर पढाउने गरेको बताउँछन् । हाल उहाँको १० जनाको परिवार चलाउन र ३ जना लाई पढाई खर्च चलाउने गरेको पाइन्छ । यतिमात्र नभएर यहाँ स्थित एक फाईनान्समा दैनिक १००० बचत गर्ने गरेको बताउनु भयो । दैनिक १५ सय विदेशीने युवाको लागी भने यो नमुना बन्न सक्छ । देशमा रोजगारीको सम्भावना नदेख्ने युवाहरुको लागी यो एउटा प्रतिनिधि उदाहरण मात्र हुनसक्छ । हुन त सम्भावना नै नभएको कहाँ हो र, आफ्नो देशमा जोखिम मोल्न चाँहादैनन् उनीहरु ।
सुरुमा एक लाख बीस हजार लगानी गरि हाल मनग्य आम्दानी गर्न सफल उहाँ आफ्नो परिवारी खर्च चलाई बचत पनि गर्ने गरेको बताउनु हुन्छ । “सुरु सुरुमा धेरै दुःख भेग्नु परेको थियो, सुरुमा पसल किन्दा चलेन र डुब्ने अबस्थामा पनि नडराई आफ्नो ब्यवसायलाई सञ्चालन गरेँ ।” अहिले आफ्नो व्यवसाय प्रति एकदम खुशि रहेको उहाँ बताउनु हुन्छ ।
दैनिक बचतबाट बाट काठमाण्डौमा घर घडेरी जोड्ने योजना रहेको समेत बताउनु हुन्छ । बेरोजगारको प्रसंगमा उहाँ भन्नुहुन्छ “बेरोजगारी लाई नेपालमै रोजगार गरि कामलाई सानो ठुलो नभनी आफ्नै देशमा पसिना बगान सुझाव दिन्छु ।” हाल उनले काठमाण्डौंमा ८ जनालाई ठेलामा मःम पसल गर्ने व्यवस्था मिलाई दिएको जानकारी दिनुभयो ।
भावियोजना बारे हामीलाई बताउँदैै, “अब मःम ब्यापार नै गर्दै जाने र यसबाटै आम्दानी लिन सक्नेमा विस्वस्त छु र यहिनै गर्ने छु ।, जागिरमा अरुको भनाई खानु पर्ने, आफु अनुकुल गर्न नपाईने भन्दै ब्यापार नै उत्तम रहेको बताउनुहुन्छ । ब्यबसायमा राम्रो आम्दानी हुने गरेकोले यहि नै राम्रो हुने गरेको बताउँछन् ।