सचिव नयाँ आयो, सिफारिस पनि नयाँ चाहियो

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २६, २०७१

sibamayaधादिङबेसी फगुन २६ गते । हिड्न सकिन म चाँहि यहि सडक पेटिमा बसि रहेको छु । उँहाहरु तैपनि नागरीकता बन्छकी भनेर धाउँदै हुनु हुन्छ काम बन्ने भो भने लिन आउछन् ।
धादिङबेसी स्थित बिचबजार सडक पेटीमा भेटिएकी धुवाँकोट गाउँ विकास समिति वडा नं. ८ नीवासी ७४ वर्षिय शिवमायाँ वस्ती को भनाई हो यो । बृद्धा भत्ता पाईने आशले नागरीकता बनाउन ०६७ सालमै धादिङबेसी आएकी रहेछिन् धुवाँकोट गाविसको सिफरिस सहित मुचुल्का लिएर नागरीकताको लागि जिल्ला प्रशासन पुगेकी बस्नेतलाई तात्कालिन सिडियोले माईति पच्छेको गाविसले बनाई दिएको जन्म दर्ता नभएकोले नगरीकता नबन्ने भन्दै फर्काइ दिएका रहेछन् ।
७४ वर्ष भए जन्म दर्ता को लागि नलाङ धाउँदा सचिवले सुरुमा त्यो वेलाको जन्मदर्ता रेकर्ड पनि नहुने र कसरी मिलाउने भन्दै फर्काइ दिनाले समस्या भयो भन्दै गुनासो पोखिन । अहिलेको गाविस सचिव सापबाट जन्मदर्ता कागज लिईयो । तर फेरि जिल्ला प्रशासनले गाविसको सिफारिस पुरानो हैन सचिव फेरिएको छ नयाँ सिफारिस ल्याउनु भनेर फर्काइ दियो । सिफारिस पनि गाविस सचिव सँगै परिवर्तन हुन्छ र ? आफुले नबुझेको बताईन ।
गाविस सचिवकोमा जाँदा फेरि मुचुल्का उठाउनु पर्छ ७ जना तपाई कै वर्डाका स्थानियवासी सक्कली नागरीकता सहित बोलाउनुु पर्छ त्यस पछि प्रहरीको रिर्पोट अनुसार काम अगाडी बढ्छ भन्छन् । पहिला हामीले मुचुल्का उठाई सकेका छौं । फेरि यो झन्झट के-का लागि. म गैर नेपाली त हैन नी वस्तीले गुनासो पोख्नुभयो । उनी सँगै आएका श्रीमान् राम प्रसाद वस्ती हामी सँग बताउनु हुन्छ गाविसले दिएको सिफारिस छ, जन्म दर्ता, विवाह दर्ता देखि माईतिपक्षबाट उपलब्ध गराउनुपर्ने सबै कागजपत्र छ । म आफै साथमा छु तर पनि एक पछि अर्को बहाना बनाउँदै किन नागरिता दिन आनाकानी भै रहेको छ ।
गैर नेपालीले समेत नेपाली नागरिकता लिएको स्थानिय मिडियाबाट सुनेका रामप्रसादले सिफारिस सचिव सँगै फेरिने कस्तो कानुन ? जनतालाई सजिलो सेवा सुविधा दिने भनेको यहि हो ? यहि हैन प्रमाण प्रमुख जिल्ला अधिकारी ज्यू ?
राम प्रसाद वस्तीको प्रमाण
१. जन्म दर्ता
२. विवाह दर्ता
३.गाविसको सिफारिस
४.मुजुल्का ( बुझाई सकिएको)
५.साथमा श्रीमान्
६.माईतिपक्षको सम्पूर्ण कागजात
234