न्यू किवो वोर्डिङका विद्यार्थी उद्घोषण तथा भाषणकला सिक्दै

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २५, २०७१

kiboधादिङबेसी फागुन २५ गते । नीलकण्ठ नगरपालिकामा रहेको न्यू किवो वोर्डिङ स्कुलले विद्यालयमा अध्ययनरत द्यिार्थीहरुको लागि उद्घोषण तथा भाषणकला सिकाई सुरु ।
विद्यालयका प्रिन्सीपल प्रयास रेग्मीको अध्यक्षतामा सुरु आज सुरु गरिएको तालिममा नीलकण्ठ स्रोत केन्द्रका स्रोतव्यक्ति इश्वरकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका सभापति नवराज छत्कुलीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा रेडियो विहानीका स्टेशन मेनेजर नारायण सिलवाल लगायत विभिन्न संचार माध्यमका प्रमुख एवम् प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको समन्वयमा सुरु गरिएको तालिमको पहिलो दिन रेडियो धादिङका स्टेशन मनेजर राजाराम शर्मा, दिव्यदर्शन टेलिभिजनका प्रबन्ध निर्देशक दिपक कोइराला लगायतले सहजिकरण गर्नुभएको न्यू किवो वोर्डिङ स्कुलले जानकारी दिर्एको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सर्वाङ्गिण विकास गराउने उद्देश्यका साथ विद्यालयले तालिमको आयोजना गरेको विद्यालय प्रिन्सीपल प्रयास रेग्मीले बताउनुभयो । तालिमको पहिलो दिन विद्यार्थीहरुले निकै उत्साहित र शान्तपूर्ण रुपमा सुन्ने र ग्रहण गर्ने काम भएको विद्यालयका शिक्षक सुरेश अर्यालले बताउनुभयो ।