धादिङबेसी फागुन २३ गते । धादिङ जिल्लामा क्रियाशील पत्रकारहरुका लागि सुरक्षित आप्रवासन सम्बन्धी दुई दिने तालिम आजबाट धादिङवेसीमा सुरु भएको छ । आवाज अभियान नेपाल र हेल्भेटास स्वीस सरकारको साझेदारीमा सुरक्षित आप्रवासन परियोजना अन्तर्गत आम संचार परिचालन कार्यक्रम अन्तर्गत धादिङ जिल्लामा क्रियाशील पत्रकारहरुका लागि दुई दिने तालिम दिइएको हो ।
भोलीसम्म संचालन हुने तालिममा कान्तिपुर दैनिकका दिनेश रेग्मी, आवाज अभियान धादिङ सामी परियोजनाका कमल रोकाय लगायतले नेपालबाट बैदेशिक रोजगारमा जानेहरुको अवस्थाको बारेमा सहजिकरण गर्नुभएको थियो ।
बैदेशिक रोजगारीमा जानेहरुको लागि सुरक्षित आप्रवासन गराउने उद्देश्य लिएर जिल्लाका विभिन्न १० गाउँ विकास समितिमा आफ्ना कार्यक्रमहरु संचालन गरिएको आवाज अभियान धादिङले जानकारी दिएको छ । पछिल्लो समय जिल्लाबाट विदेश जानेहरुको संख्यामा वृद्धि र विदेशिएकाहरुमा पनि विभिन्न प्रकारका समस्याहरु देखा परेकोले समस्याहरुको न्यूनिकरण गर्नु नै संस्थाको पहिलो काम भएको आवाज अभियानले जनाएको छ ।
तालिमको पहिलो दिन आज नेपालबाटै बैदेशिक काममा जानेहरुको वास्तविक अवस्था, सरकारी गतिविधिहरु, लगायत बैदेशीक रोगजारीको क्षेत्रमा काम गर्ने संघ संस्था र पत्रकारहरुले खेल्नुपर्ने भूमीकाको बारेमा छलफल गरिएको थियो । तालिममा बैदेशीक रोजगारमा केन्द्रित रहेका विभिन्न डकुमेन्ट्रीहरु समेत प्रस्तुत गरिएको थियो ।