एमालेको कारण राष्ट्रिय सहमति बन्न सकेन– मल्ल

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २१, २०७१

4महादेवबेसी फागुन २१ गते । एकीकृत नेकपा (माओवादीका) केन्द्रिय सदस्य तथा आन्दोलन परिचालन समिति धादिङका संयोजक पुष्पविक्रम मल्लले एमालेको कारण राष्ट्रिय राजनीतिमा सहमति हुन नसकेको बताउनुभएको छ । एमाओवादी धादिङले सहिद सप्ताहको अन्तिम दिन आज महादेववेसीमा आयोजना गरेको एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मललले एमाओवादीको नेतृत्वमा रहेको ३० दलिय मोर्चा बार्ताकै पक्षमा रहेको स्पष्ट पार्नुभयो । सहमतिको लागि तयार हुन नेपाली काँग्रेस र एमालेलाई तीस दलिय मोर्चाले समय दिएको बताउनुृहुँदै नेता मल्लले त्यसको लागि सत्तारुढ दल तयार हुनुपर्ने समेत बताउनुभयो । एमाले काँग्रेसकै कारण मुलुक राजनीतिक जटिलतातर्फ भएको उहाँके दावी थियो । एमालेका अध्यक्ष केपी ओली र काँग्रेसले समेत आफूहरु सहमति गरेर संविधान बनाउने पक्षमा नरहेको बताउँदै आउँदा पनि एकीकृत माओवाद िसहमतिलाई नै कुरेर बसेको उहाँको नेता मल्लको भनाई थियो ।
कार्यक्रममा एकीकृत माओृवादीका केन्द्रिय सदस्य तथा कार्यक्रमका विशेष अतिथि सालिकराम जमरकट्टेलले एकीकृत माओवादी एकल जातिय राज्यको पक्षमा नरहेको स्पष्ट पार्नुभएको थियो । पुरानो सत्ताले अंगालेको एकात्मक शासन प्रणालीको विरोध गरेको माओवादीलाई काँग्रेस एमालेले जनतामा भ्रम फिंजाएको उहाँको भनाई थियो । पहिचान सहितको संघियताको पक्षमा माओवादी रहेको स्पष्ट पार्नुहुँदै नेता जमरकट्टेलले एमाले काँग्रेसले पुरानै संविधान जारी गराउन जनतामा भ्रमको खेती गरिरहेको समेत बताउनुभएको थियो । नेता जम्कटेलले समानुपातिक, समावेसी, धर्म निरपेक्षता तथा संघियता एमाओवदीको नारा भएकोले देश माओवादीकै एजेण्डामा रहेको उल्लेख गर्नुभयो । काँग्रेस एमालेले देशलाई अघोषित रुपमा गृहयुद्धतर्फ लैजाने चेस्टा गरिरहेको बताउनुहुँदै उहाँले थप षड्यन्त्र नगर्न सुझाव समेत दिनुभएको थियो । कार्यक्रममा एमाओवादी धादिङका नेता विजय वुर्लाकोटी, लगायतका नेता कार्यकर्ताहरु, सहिद तथा वेपत्ता परिवारका सदस्यहरु लगायत शुभेच्छुकहरुको समेत उपस्थिति रहेको थियो ।