बार्सिलोना स्पेनिस किङसकप फुटबलको फाईनल प्रवेश

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २१, २०७१

neimar-brasilफागुन २१ गते । बार्सिलोना स्पेनिस किङसकप फुटबलको फाईनल प्रवेश गरेको छ । ब्रजिलका कप्तान नेईमारको दुई तथा उरुग्वेन स्टार लुईस स्वारेजको १ गोलको मद्धतमा बार्सिलोना फाईनल प्रवेश गरेको हो । भिलारियल बिरुद्ध गएराति भएको दोेश्रो लेगमा बार्सिलोना ३–१ गोलले बिजयी भयो । अघिल्लो लेगमा पनि ३–१ गोलको जित हात पारेको बार्सिलोनाले समग्रमा ६–० गोल गरेको छ ।
बार्सिलोनाले फाईनमा एथ्लेटिको विल्बाओ बिरुद्ध उपाधि भिडन्त गर्ने छ । विल्बाओ स्पानियोललाई हराउदै फाईनलमा पुगेको हो । साविक बिजेता तथा लिग लिडर रियल मड्रिड भने यस अघिनै किङस कप बाट बाहिरिसकेको छ । उता ईङलिस प्रिमियर लिगमा पहिलो स्थानको चेल्सी,दोश्रो स्थानको म्यानचेष्टर सिटी,तेश्रो स्थानको आर्सनल तथा चौथो स्थानको म्यानचेष्टर युनाईटेड सबैले गएरातिको खेलमा जित हात पारेका छन् ।
चेल्सीले वेष्टह्यामलाई १–० गोलले हराउदा सिटीले लेइसेस्टरलाई २–० गोलले हरायो ।आर्सनलले क्यु पि आर लाई २–१ तथा म्यानचेष्टर युनाईटेडले न्युक्यासललाई १–० गोलले हराएर लिगमा आफ्नो स्थान कायमै राखेका छन् । यसैबिच म्यानचेष्टर युनाईटेडका डिफेण्डर जोनि ईभान्स र न्युक्यासलका प्यापिस सिसेस एक आपसमा थुकेको आरोपमा प्रतिबन्धमा पर्ने भएका छन् । गएरातिको खेलका दौरान दुवैले एक अर्कालाई थुकेका थिए ।