स्वस्थ रहन – स्वस्थ सहवास

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १९, २०७१

11111यौन स्वास्थ्यका लागि पनि लाभदायक रहेको हुनाले नै प्रकृतिले नै यसलाई मानव जीबनमा जैबिक आवश्यकताको रुपमा राखिदिएको छ । प्रेम र यौन जीवनको महत्त्वपूर्ण पक्ष हो । यौन एकापसमा समर्पण र प्रेम व्यक्त गर्ने तरिका पनि हो । अनुसन्धानहरुले सहवासलाई महत्वपूर्ण शारिरिक र मानसिक औषधिको रुपमा देखाएको छ ।

१. मुटुलाई सुरक्षित राख्छ

यौनमा सक्रिय रहने व्यक्ति यो क्रियामा कम सक्रिय रहने व्यक्तिको तुलनामा बढी सुरक्षित हुन्छ। त्यस्ता व्यक्तिमा मुटु सम्बन्धी बिरामीको खतरा कम हुन्छ। केही समयअघि ब्रिटिस अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार सातामा दुई वा त्यसभन्दा बढी यौनमा संलग्न हुने पुरुष कम यौन क्रियामा संलग्न हुने पुरुषको तुलनामा मुटुघातको खतरा कम भएको पाइयो । अनुसन्धान मुताबिक हृदयघात र सहवास बिच केही सम्बन्ध छैन। यो अध्ययन ९१४ पुरुषमा गरिएको थियो । यौनका लागि उत्तेजित हुनेबित्तिकै पल्स रेट प्रतिमिनेट ७० देखि १ सय ५० सम्म पुग्छ। त्यसैगरी मुटुको धड्कन पनि बढ्छ, रगत तीव्र रूपमा पम्प हुन्छ जसबाट शरिरमा अक्सिजनको मात्रा पनि बढ्छ । यसबाट हृदय स्वस्थ रहन्छ ।

२. महिलालाई एन्डोमेटि्रओसिसबाट बचाउँछ

नियमित सहवासले महिलाको सुन्दरता र फिटनेस बढाउँछ । यसले एन्डोमेटि्रओसिसबाट पनि सुरक्षा प्रदान गर्छ । एन्डोमेटि्रओसिस महिलामा हुने अर्को समस्या हो जसमा उनीहरूलाई पेल्बिसमा पीडा र इन्फर्टिलिटीको गुनासो हुन्छ । अनुसन्धान अनुसार यौन प्रक्रियामा सक्रिय रहने महिलामा एन्डोमेटि्रओसिस हुने खतरा कम हुन्छ । महिनाबारीको समयमा यौन प्रक्रियामा सक्रिय रहने महिलामा पनि एन्डोमेटि्रओसिसको खतरा १ दशमलव ५ गुना कम हुन्छ ।

३. प्रोस्टेट क्यान्सरबाट जोगाउँछ

अर्को अनुसन्धानअनुसार बारम्बार स्खलन हुनाले प्रोस्टेटक्यान्सरबाट सुरक्षा प्राप्त हुन्छ। यो रिसर्च २०वर्षको आयु वर्गका पुरुषमा गरिएको थियो। जस अनुसार सातामा पाँचपटकसम्म यौनको आनन्द उठाउने पुरुषमा प्रोस्टेट क्यान्सर हुने खतरा एक तिहाइ कम भएको पाइयो ।

४. सधैं तन्दुरुस्त र जवान महसुस

यौनक्रियाले क्यालोरी नष्ट मात्र हुँदैन यसबाट तौल पनि घट्छ । साथै मल टोनमा पनि सुधार आउँछ । अध्ययन अनुसार यौनमा प्रतिघण्टा ३ सय ६० क्यालोरी सम्म नष्ट हुन्छ । यसबाट फिगर मेन्टेन रहन्छ र महिला र पुरुष दुवैले सधैं स्वस्थ तन्दुरुस्त र जवान महसुस महसुस गर्छ ।

५. मिठो निद्रा आउँछ

यौनमा आर्गेज्म (चरमसुख) प्राप्त भएपछि शरीरमा अक्सिटोसिन, बेसोप्रेसिन तथा प्रोलेक्टिन नामक हर्मोन्सको उत्पादन र प्रवाह हुन्छ । यसबाट भावनात्मक सन्तुष्टि प्राप्त हुन्छ । राम्रोसँग निद्रा आउँछ र व्यक्तिले ताजापन एवं स्फूर्ति महसुस गर्छ । अनुसन्धानअनुसार स्लिपिङ ट्याबलेटको तुलनामा यौन प्रक्रिया निद्राका लागि १० गुना बढी फाइदाजनक छ ।

६. आत्मसम्मान तथा आत्माबिश्वासमा वृद्धि र डिप्रेसनमा

कमी यौन सक्रियताले आफ्ना पार्टरप्रति सकारात्मक विचार बढ्छ । टैक्सस विश्वविद्यालयको अनुसन्धान अनुसार सहबासले आत्मसम्मान तथा आत्माबिश्वास बढ्छ र डिप्रेसन कम हुन्छ । क्याम्ब्रिजका सेक्सथेरापिस्ट जीना आँगदेनका भन्छन “उत्कृष्ट सहवास आत्मासम्मानबाट शुरु हुन्छ र आत्मासम्मानलाई अझ बढाउने गर्दछ।” उनका अनुसार “जो मान्छेमा आत्मासम्मान पहिला देखी नै हुन्छ, यौन समागम पछि उसमा अलग्गै किसीमको खुशि महसुस हुन्छ। धेरै मानिसहरु यही खुशि महसुस गर्नको लागी सहवास गर्दछ।” अनुसन्धानकर्ताहरुका अनुसार यौनका बखत निस्कने एन्डारफिन हर्मोनको स्तर बढ्नाले यस्तो हुन्छ । यसका अतिरिक्त चरमसुखबाट दुवै पक्ष सन्तुष्ट हुन्छन् । यसबाट उनीहरूको शरीरलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउँछ ।

७. दुखाई कम गराउँछ

स्वस्थ सहवासले सहवासमा टाउको एवं शरीर, महिनाबारीको समयमा हुने पीडा, बाथजोर्निको दुखाई आदिबाट राहत प्राप्त हुन्छ । अध्ययन अनुसार चरमसुखका बखत अक्सिटोनिक र एन्डारफिन हार्मोन निस्कन्छ, जसले पीडामा राहत प्रदान गर्छ । यसका अतिरिक्त यौन जीवनबाट सुखी रहने महिलामा महिनाबारीको समयमा हुने पीडा कम हुन्छ । समग्रमा स्वस्थ सहवासले दुखाई बिनाशकको काम गर्छ ।

८. रोगसँग लड्ने क्षमतामा वृद्धि

विभिन्न अनुसन्धान अनुसार सातामा कम्तिमा पनि दुई वा तीन पटकसम्म यौन प्रक्रियामा संलग्न रहनेहरूमा रोगसँग लड्ने क्षमताको स्तर बढ्छ । विल्किस विश्वबिद्यालयको अनुसन्धानकर्ताहरुको अनुसार सहबासले इम्युनोग्लोब्युलिन नामको एण्टिबडिको बृध्दि जस्ले शरीरलाई रुघाखोकी, साधारण ज्वरोका साथै अन्य संक्रमणबाट जोगाउँछ । अनुसन्धानअनुसार गहिरो चुम्बन लिनेहरूमा कोलेस्ट्रोल पनि कम भएको पाइएको थियो ।

९. तनावरहित राख्ने काम गर्छ

शारीरिक बिमारीका साथै तनाव, चिन्ता, अवसादजस्ता मानसिक विकारबाट शरीरलाई टाढा राख्न यौनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । नियमित यौनमा संलग्न रहने व्यक्तिले आफूलाई ऊर्जावान्, ताजा, स्फूर्त एवं तनावरहित महसुस गर्छन् । यौनका बेला निस्कने अक्सिटोसिन हार्मोन यसपछाडिको कारण हो ।

१०. बैंस कायम राख्छ

यौन विशेषज्ञहरूका अनुसार सातामा चार पटकसम्म यौनक्रियामा संलग्न रहने महिलाहरू आफूसरह उमेरका अन्य महिलाको तुलनामा ८ देखि १० वर्ष साना देखिन्छन् । यौनको समयमा मानव शरीरको इन्सुलिन ग्रोथ फ्याक्टरबाट यस्तो पदार्थ निस्कन्छ जसले शरीरलाई मेन्टेन गर्न र मुहारको मांसपेशीमा कसिलोपन ल्याउन मद्दत गर्छ ।

११. छालामा चमक र निखार

सहवासले महिलाहरूको सुन्दरता बढ्छ, हार्मोन श्राव हुन्छ र रक्तप्रवाह पनि सुचारु रूपले चल्छ । यसबाट छालाको सुन्दरतामा निखार आउँछ । सम्पूर्ण शरीरमा छाएको मादकताले मुहारमा चमक प्रदान गर्छ । सहवासको समयमा महिला शरीरमा एस्ट्रोजन नामक हार्मोन श्राव हुन्छ । यसले केशमा चमक एवं मुहारमा निखार ल्याउँछ ।

१२. सुँघ्ने क्षमतामा वृद्धि

सहवासपश्चात् प्रोलेक्टिन हार्मोन निस्कन्छ । यसले मस्तिष्कको लवको स्टेम सेल्समा नयाँ न्युरोन्स बनाउन प्रेरित गर्छ । यो नै स्लेम सेन्टर हुन्छ, यसबाट नै सुँघ्ने क्षमता पनि बढ्छ ।

१३. वजनमा नियन्त्रण

सहवासले मोटोपनलाई घटाउन सहयोग गर्दछ । आधा घण्टाको सहवासमा ८५ क्यालोरी बर्न हुन्छ । हुनत ८५ क्यालोरी धेरै जस्तो लाग्दैन तर यही कृया ४२ पटक पुग्दा ३५७० क्यालोरि बर्न भईसक्छ र तपाई शरिरको वजनमा १ पाउण्ड कमी आउछ । अमेरिकन एसोसिएशन ऑफ सेक्शुएलिटी एजुकेटर्स एण्ड थेरेपिस्ट्सको प्रेसिडेन्ट पैटी ब्रिटनका अनुसार “सहवासले शारीरिक र मानसिक स्वास्थ्य दुबैलाई एकैसाथ फायदा गरिरहेको हुन्छ।” त्यसैले नियमित रूपमा यौनसम्पर्कमा संलग्न रहनाले पेट बढ्दैन र शरीरका मांसपेशीहरूमा पनि तनाव देखिँदैन । यसले मांसेपशीहरूलाई टोनिङ गर्ने कार्य गर्छ ।

१४. निकटता बढाउछ सम्बन्धमा

पिट्सबर्ग विश्वविद्यालय र नर्थ कैरोलाइना विश्वविद्यालयका अनुसन्धान अनुसार सहवासले उनिहरुको शरिरमा ऑक्सिटॉसिन हॉर्मोन्सको मात्रालाई बढाउँदछ । यो हॉर्मोनले उनिहरुको आपसी सम्बन्धमा नजिकता, दरिलोपन र बिश्वास बढाउदछ । यो हॉर्मोनको यही गुणको कारणले यसलाई ‘लभ हॉर्मोन’ पनि भन्ने गरिन्छ । ऑक्सिटॉसिन हॉर्मोनले जोडीहरुमा एक अर्को प्रति उदारताको भावना पनि बढाउदछ । copy by nepalswiss