धादिङबेसीमा सहिद तथा वेपत्ता परिवारजनलाई सम्मान

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन १८, २०७१

rambahadur shresthasahid tatha bepatta pariwar copyधादिङबेसी फागुन १८ गते । विप्लव नेकपा माओवादी धादिङले आज जिल्लाका शहिद तथा वेपत्ता योद्धाका परिवारलाई सम्मान गरेको छ ।
सहिद सप्ताहको अवसरमा आयोजित उक्त कार्यक्रममा शहिद प्रतिष्ठान नेपालका अध्यक्ष एकराज भण्डारीले धादिङका शहीद तथा वेपत्ता योद्धाका परिवारलाई सम्मान गर्नु भएको हो ।
सहिद सप्ताहको अवसरमा धादिङबेसीमा आयोेजित सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले हजारौ सहिदले देखाएको बाटो नै क्रन्तिको पथप्रदक सिद्धान्त भएको बताउनु भएको थियो । उहाँले माओवादी विभाजन र फुटले शहीद तथा वेपत्ता परिवार जनहरुमा निरासा छाएको छ क्रान्तिमा यस्तै हुन्छ हामी गद्दाहरु आन्दोलनका दौरानमा नै हो भेटिने ढुक्क हुनोस् हामी क्रान्ति गरेरै छाड्छौ भन्दै आश्वासन दिनु भएको थियो ।
माओवादी धादिङका अध्यक्ष रामबहादुर श्रेष्ठको सभापतित्वमा भएको सम्मान कार्यक्रममा नेकपा–माओवादी धादिङका सेक्रेटरी शम्भु श्रेष्ठ, अखिल नेपाल महिला संघ क्रान्तिकारी केनद्रीय सदस्य कमरेड भृकुटी, सहिद तथा वेपत्ता योद्धा परिवार समाजका अध्यक्ष टिका कडेल, उपाध्यक्ष हरि रुपाखेती, रेडियो बिहानीका स्टेसन म्यानेजर नारायाण सिलवाल लगायतको आतिथ्यता रहेको थियो ।
दश वर्ष सम्म चलेको जनयुद्धको क्रममा धादिङ जिल्लाबाट १०९ जनाले शहादत प्राप्त गरेका थिए भने हाल सम्म पनि २६ जना वेपत्ता छन् ।