दलित मुक्ति मोर्चाको अन्तरक्रिया सम्पन्न

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १३, २०७१

dipakधादिङ फागुन १३ । एकीकृत नेकपा माओवादी निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा जिल्ला समिति धादिङको आयोजनामा नयाँ संविधान र समानुपातिक समावेसीकरणका लागि समानुपातिक निर्वाचन प्रणाली विषयक एक दिने अन्तरक्रिया धादिङवेसीमा सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष राम नेपालीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रियामा एकीकृत नेकपा माओवदीका केन्द्र्रिय सदस्य तथा आन्दोलन परिचालन समिति धादिङका संयोजक पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकार वेदनिधी अधिकारी मोर्चाको केन्द्रीय सदस्य दिपक विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।
अन्तरक्रियामा एकीकृत माओवादीको केन्द्रिय सदस्य पुष्पविक्रम मल्लले निर्वाचन प्रणाली दलित महिला लगायत उत्पीडित जाति समुदायलाई राज्य सत्तामा अधिकार सम्पन्न बनाउने नीति भएकोले एमाओवादी पार्टी समानुपातिक निर्वाचन प्रणालीमा जोड दिँदै आएको बताउनुभयो ।
साथै उहाँले सत्तारुढ दल काँग्रेस एमालेले पुरानो २०४७ सालकै संसदीय व्यवस्था अनुरुप संविधान बनाउन खोजेको समेत स्पष्ट पार्नुभएको थियो । २०४७ सालको संविधानमा दलित महिला तथा उत्पीडित जात जातिहरुको अधिकार खोसिने हुनाले आफ्नो अधिकारका लागि जनता साचेत हुनुको विकल्प नरहेको समेत बताउनुभएको थियो । सो अवसरमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य तथा ताम्सालिङ राजय संयोजक दिपक विश्वकर्माले जुनसुकै विचार र आस्थाको राजनीति गरेपनि दलित समूदायको भाग्य र भविश्य निर्धारण गर्ने बेलामा आफ्नो समूदायको अधिकार सुनिश्चितताका लागि एकतावद्ध भई संघर्षं गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा अधिवक्त विश्वराज अधिकारीद्धारा लिखित कार्यपत्र पूस्तुत गरिएको थियो । सो कार्यक्रममा विभिन्न राजनीतिक दल निकट दलित संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न सरोकारवाा निकायका प्रतिनिधिहरु लगायतले अन्तरक्रियामा भाग लिएका थिए ।