जनयुद्धकालका नेताका सम्पती छानविन गरिने

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १३, २०७१

ucpnmधादिङ । नेकपा माओवादी धादिङले जनयुद्धकालि नेता तथा कार्यकर्ताको अभिलेख तय गर्ने भएको छ । महान् जनयुद्धको उपलब्धीको रक्षा र जनयुद्धको खिलापमा भएका गलत प्रवृतिका विरुद्ध मोर्चा खडा गर्दै जनयुद्धको आडमा देश र जनतालाई धोका दिनेहरुलाई नछाडिने नेकपा माओवादी धादिङका सेक्रेटरी रामबहादुर श्रेष्ठले बताउनु भयो ।
उहाँले १० वर्षे जनयुद्धमा जनताको लागि लडेको हुँ भन्ने र आज जनता जहाँको त्यहि हुने उ मालिक बन्ने अधिकार कसैलार्ई छैन । त्यसैले जनयुद्ध कालिन समयका सवै नेताहरुको सम्पती अनुसान्धान गर्न लागिएको श्रेष्ठले बताउनु भयो ।
उहाँले प्रचण्ड माओवादी देखि वैद्य माओवादी हुँदै आफ्नो पाटीका नेता जसले प्रत्यक्ष माओवादीको आन्दोलनमा भाग लिएका छन् ती सबैको सम्पन्ती छानविन गरिने समेत बताउनु भयो । उहाँले पार्टीलाई थप सुद्धिकरण गर्ने कार्यक्रम अनुसार यो प्रोफाई तय गरिन लागेको र यो काम सकिए पछि मात्र जनता जनजीवन माथि धोका दिनेलाई के गर्ने निकर्षमा पुगिने बताउनु भएको छ ।
को–को थिए जनयुद्धकाल मा धादिङकाम गर्ने माओवादीका पूर्ण कालिन कार्यकर्ता