धादिङमा एमाओवादीले स्वयमसेवक गठन गर्यो

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ११, २०७१

yclधादिङबेसी । एकीकृत माओवादीले काठमाडौंमा गर्ने प्रदर्शनको देशभर तयारी गरिरहेको छ । यसै अनुसार धादिङमा पनि एमाओवादीले आज स्वयम् सेवक गठन गरेको छ ।
एकीकृत माओवादीको तयारी लाई सभ्य र भव्य बनाउन भन्दै आज धादिङवेसीमा एक भेलाको आयोजना गरी युवा स्यवम्सेवकको गठन गरिएको छ । एकीकृत माओवादी पार्टीका विभिन्न जनवर्गिय संगठन तथा मोर्चाहरुको भेलाले एमाओवादी धादिङका सह सचिव मनराज भण्डारीको अध्यक्षतामा युवा स्वयम्सेवक टीम धादिङको गठन गरेको जानकारी दिएको छ ।
भेलामा एकीकृत नेकपा माओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारी, केन्द्रिय सल्लाहकार बेदनिधी अधिकरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । आगामी १६ गते काठमाण्डौको खुल्लामञ्चमा हुने जनप्रदर्शनलाई व्यवस्थित पार्न युवा स्वयम्सेवक टीमको गठन गरेको एमाओवादी धादिङका नेता दिपक विश्वकर्माले बताउनुभयो । स्वयमसेवक टीमले जनपरिचालनका कामहरु गर्ने र त्यसको संख्या धादिङमा करिब ५०० हुने समेत नेता विश्वकर्माले बताउनुभयो ।