धाक धम्कीले संविधान जारी गर्न नरोकिने– कोईराला

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ११, २०७१

sushil_koirala 22222धादिङ बैरेनी फागुन १० । प्रधानमन्त्री शुसिल काईरालाले कसैको धाक धम्कीले संविधान निर्माण प्रक्रिया नरेकिने बताउनुभएको छ । नेपाली काँग्रेस धादिङले आयोजना गरेको गणेशमान सिंह को सयौं जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन आईतबार धादिङको बैरेनी आइपुग्नुभएका प्रधानमन्त्री कोइरालाले एमाओवादी लगायतको ३० दलीय मोर्चा सहमतिमा आउने समेत दावी गर्नुभयो ।
वीर गणेशमान को सम्झनामा स्थापना गरिएको चौतारीमा वरपिपल रोप्दै नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री कोइरालाले राजनीतिक दलहरुमा सहमतिको विकल्प नरहेको समेत बताउनु भएको थियो ।