धादिङका कल्याण भण्डारी सहित ८ जना गिरफ्तार

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन १०, २०७१

rafकाठमाडौं, १० फागुन । युटिएल नेपालमा कार्यरत धादिङका कल्याण भण्डारी सहित ८ जनालाई आज प्रहरिएले गिरफ्तार गरेको छ । कर्मचारी हकहितको १६ बुँदे मागराख्दै आन्दोलनगर्दा उनीहरुलाईलाई प्रहरीले गिरफ्तार गरेको हो । तलब–भत्ता वृद्धि गर्नुपर्ने, २ सय ४० दिन काम गरेका मजदूरहरुलाई अनिवार्य नियुक्ति पत्रको व्यवस्था हुनु पर्ने लगायतका मागसहित आन्दोलनरत कर्मचारीहरुलाई प्रहरीले आइतबार मध्यान्ह पक्राउ गरेको हो । युटिएल प्राङ्गणमा शान्तिपूर्ण धर्नामा बसेका ८ जना कर्मचारीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा कल्याण भण्डारी सहित विकास कुमार झा, अनिल गौतम, केशरी वल्लव दाहाल, उदय महत, छोटेलाल यादव, राधेश्याम केसी र शिव मंगल गिरी रहेका छन् ।
एमाले नेता रघुवीर महासेठको ७० प्रतिशत शेयर रहेको युटिएलमा गृहमन्त्री वामदेव गौतमको प्रत्यक्ष निर्देशनमा आफूहरुमाथि धरपक्कड र गिरफ्तार गरिएको मदूरहरुको आरोप छ । कर्मचारी गिरफ्तार परे पछि यूटिएलका सम्पूर्ण सेवाहरु बन्द भएको छ ।