काठमाडौमा स्वाइन फ्लुका विरामी भेटियो

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन १०, २०७१

image descriptionकाठमाडौं । भारतमा ८ सय भन्दा बढीको ज्यान लिइसकेको स्वाइन फ्लू आतंक बढिरहेका बेला नेपालमा समेत दुई जनामा संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्थ प्रयोगशालामा जाँच गरिएको २ जनाको थुक (थ्रोट स्वाव) को नमुनामा स्वाइन फ्लू पीडीइम देखिएको हो ।
‘सरकारी दबाबका कारण प्रयोगशालाले तथ्थ सार्वजनिक गरेको छैन,’ प्रयोगशालाका एक बिशेषज्ञले भने । सरकारले शुक्रबार श्वासप्रश्वासमा समस्या देखिएमा तुरुन्त स्वास्थ्थ केन्द्रमा जचाउन सार्वजनिक आब्हान गरेको थियो । ‘छिमेकमा स्वाइन फ्लुको प्रकोप देखिए पनि सतर्क नभएको स्वास्थ्य मन्त्रालयले हाम्रो रिपोर्टपछि आह्वान गरेको हो’,उनले भने ।
शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. राजेश साहले फागुन ७ मा सातदोबाटोमा भएको स्वास्थ्य शिविरमा दिल्लीबाट फर्केका दुई जनालाई क्लिनिकली स्वाइनको शंका गरेर आफूले परीक्षणका लागि भनेको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।