लापामा सिडिएमए टेलिफोन सेवा अवरुद्ध

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ९, २०७१

लापा । उत्तरी धादिङको लापा गाउँ विकास समितिमा फागुन ६ गते आएको हुरी बतास र पानीको कारण अवरुद्ध बनेको सिडिएमए टेलिफोन सेवा सुचारु हुन सकेको छैन ।
लापा गाउँ विकास समितिमा सिडिएमए फोन मात्रै टिप्ने र त्यो पनि अवरुद्ध भएपछि स्थानीयहरु टेलिफोन गर्नबाट बञ्चित भएका हुन् ।
लापा गाउँ विकास समितिका स्थानीयहरुले सिडिएमए टेलिफोनबाट नै छिमेकी गाउँ विकास समितिदेखी देश तथा विदेशमा समेत फोन गर्ने गरेको र गत ६ गते आएको हुरी बतास र पानीको कारण टेलिफोन गर्न नपाएको स्थानीय धिराज तामाङले जानकारी दिनुभयो ।
राजधानीसंग जोडिएको जिल्ला भएपनि हालसम्म लापा गाउँ विकास समिति लगायत उत्तरी धादिङको विभिन्न गाउँ विकास समितिमा सिडिएमए बाहेकको अन्य कुनै प्रकारको टेलिफोन सेवा पुगेको छैन ।
विगत केही वर्षदेखी महंगो र सिमित स्थानहरुमा मात्रै सेवा सुचारु गरेर भए पनि स्थानीयहरुले सेवा लिंदै आएका थिए । बेला बेलामा विभिन्न सरोकारवाला निकायहरुमा आफ्नो दुःखेसो पोख्दै आएको भए पनि सरोकारवाला निकायले ध्यान नदिएको लापावासीहरुको गुनासो छ ।
रेडियो तथा पत्रपत्रिकाको माध्यमबाट खबर पु¥र्याएर सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराउन समेत स्थानीयहरुले माग गरेका छन् ।