महिलाहरुको अधिकार स्थापित गर्न आन्दोलन गरिने

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ९, २०७१

Womenधादिङ । अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समिति धादिङले जिल्लामा आन्दोलन परिचालन समिति गठन गरेको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय सदस्य सृजना रिजालको अध्यक्षतामा ४५ सदस्यीय आन्दोलन परिचालन समितिको गठन गरिएको छ ।
एकीकृत माओवादी सहितको ३० दलीय मोर्चाले आयोजना गरेको कार्यक्रमहरु सफल पार्न र संविधानमा महिलाहरुको हक अधिकार सुरक्षित गर्न आन्दोलनको तयारीमा लागेको संयोजक रिजालले बताउनुभयो ।
संविधानसभामा दुई तिहाईको घमण्ड देखाएर काँग्रेस एमालेले पुरानै संविधान ल्याउन लागेकोले आफूहरुले गाउँ गाउँका महिलाहरुलाई संगठित गर्दै लैजाने र महिलाहरुको अधिकार स्थापित गर्न लागेको आन्दोलन परिचालन समितिका सह संयोजक दिपा सिंखडाले बताउनुभयो । आगामी १६ गते काठमाण्डौको खुल्ला मञ्चमा आयोजना गरिएको जनप्रदर्शनमा समेत महिलाहरुको संख्या उल्लेख्य हुने सिंखडाले दवी गर्नुभयो ।