रेडियो बिहानी श्रोता क्लवको वार्षिक साधारण सभा सम्पन्न

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन ८, २०७१

kamal daiधादिङ ज्यामरुङ । रेडियो विहानी संगीत श्रोता क्लब ज्यामरुङको बार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा टुकि नेपालका अध्यक्ष कमल सापकोटाले समाज परिवर्तनका लागि रेडियोले महत्वपूर्ण भुकिमा निर्वाह गर्ने भएकोले श्रोता क्लवलाई क्रियाशिल बनाई कार्यक्रमहरु जनमुखि बनाउन रेडियो बिहानीले देखिाएको तत्परता स्वागत योग्य भएके बताउनु भएको थियो । त्यसैगरि रेडियो बिहानीका स्टेशन म्यानेजर नारायण सिलवालले नितान्त सामुदायीक हितका लागि संचालनमा ल्याईएको रेडियो विहानी गैर नाफामुखि संस्था भएको बताउनु भएको थियो । उहाँले समुदायका विशेष हित, रुचि र आवश्यकताका सामग्री प्रसारण गर्न सहयोग पु¥याउने हेतुले गाउँ गाउमा रेडियो बिहानी श्रोताक्लव गठन गरिएको बताउनु भएको थियो ।
श्रोता क्लबका अध्यक्ष प्रसान्त ढउन्याको अध्यक्षता र टुकि नेपालका अध्यक्ष कमल सापकोटाको प्रमुख आतिथ्यमा बिहिबार सम्पन्न भएको कार्यक्रममा रेडियो विहानीका स्टेशन म्यानेजर नारायण सिलवाल, सह–स्टेशन म्यानेजर ठाकुर गुरुङ, पत्रकार महासंघ धादिङका कोषध्यक्ष अर्जुन खतिवडा, रेडियो बिहानीका कार्यक्रम संचालनकहरु शम्भु त्रिपाठी, सुजन रेग्मी ओम लामा, शिवलाल श्रेष्ठ, लगायत श्रोता क्लबमा आवद्ध सदस्य तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सो अवसरमा विविध लोक दोहोरी, नृत्य तथा नाटकहरु प्रस्तुत गरिएको थियो । रेडियो बिहानीले विगत देखी नै सामाजिक क्रियाकलापहरु लाई प्रभावकारी बनाउन गाविस स्तरमा श्रोता क्लव गठन गरी विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।