धादिङ अन्तर मिडिया फुटबल प्रतियोगिता भोली

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ५, २०७१

fotballधादिङ । धादिङमा फागुन ६ गते अन्तर मिडिया हाउस फुटबल प्रतियोगिता हुने भएको छ । ६५ औं प्रजातन्त्र दिवसको अवसर पारेर रेडियो बिहानीले उक्त प्रतियोगिता आयोजना गरेको हो । धादिङमा विकास भइरहेको टेलिभिजन, रेडियो, छापा देखि अनलाईन संचार गृहले खेलकुद समचारलाई प्राथमिकता दिइरहेका छन् । यसले खेलकुद क्षेत्रको विकासलाई सहयोग पुर्याइ रहेको छ ।
खेलकुद भनेको मानसिक सचेतना मात्रै नभएर शारीरिक अभ्यास पनि भएको सञ्चार गृहहरुमा कार्यरत सञ्चारकर्मीहरुको चाहनालाई मध्यनजर गर्दै खेलकुदमा आयोजना गरिएको रेडियो बिहानीका स्टेशन म्यानेजर नारायण सिलवालले धादिङपोष्टलाई जानकारी दिनु भयो । उहाँले ६ गते बिहान ८ बजेबाट धादिङबेसी स्थित खुल्ला मञ्च टुडिखेलमा हुने १ दिने अन्तर मिडिया मैत्रिपूर्ण फुटबल प्रतियोगिता अवलोकन गर्न समेत आग्रह गर्नु भएको छ ।
प्रजातन्त्र दिवसलार्ई नयाँ ढंगले मनाउने अभिप्रायले आयोजना गरिको भनिएको यस प्रतियोगितामा प्रथम–रु.१०,०००।–, द्वितीय–रु.७,०००।– र तृतीय– रु.५,०००।–, खेल अबधीमा सबैभन्दा धेरै गोल हान्ने खेलाडीलाई रु.१०००।–, अनुशासित टिमलाई रु.५००।– पुरस्कार राखिएको छ ।