भद्रगोल’भित्रका रोचक कुरा यस्तो छ भद्रगोल टिम

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन ३, २०७१

Bhadragol-300x219काठमडौं,फागुन ३ – ‘पाँडेसँगै प्रमुख भूमिकारमा रहेका कुमार कट्टेल (जिग्री) केही समयअघि मेरी बास्सैमा खेल्थे । उनी सीतारम कट्टेलका साख्खै भाइ हुन् । मेरी बास्सैमा आफैंले जन्माएको चरित्रलाई टपक्क टिपेर उनले भद्रगोलमा स्थापित गराए । गाउँले पात्र भए पनि उनको चरित्र काठमाडौंका ट्यापेसित ठ्याक्कै मिल्छ । उनले बोल्ने थेगो ‘सक्किगोनी’ भन्ने थेगो सामाजिक सञ्जालमा अत्यधिक चर्चित छ ।
जिग्रीका बुबा ‘बरिष्ठे’को भूमिका निर्देशक आचार्य आफैंले गर्दै आइरहेका छन् । सुरुका केही भागमा उनले खेलेका थिएनन् । ठूलो पर्दाका थुप्रै फिल्महरुमा खलनाकदेखि चरित्र अभिनेतासम्मको भूमिका निभाइसकेका शंकरलाई कुमारले आफ्नो बाबु बन्न अनुरोध गरेका गरेका थिए । दशकौंदेखि चलचित्रमा खेलेर नपाएको चर्चा उनले भद्रगोलमार्फत छोटो समयमा आर्जन गरेका छन् ।
भद्रगोलका अर्का चर्चित पात्र हुन्,सागर लम्साल (बले) । ङिच्च हाँस्दै कुरो भन्ने भन्ने उनको शैली निकै रोचक लाग्छ । लोफर फिल्ममा उनले खेलेको छोटो भूमिकाबाट प्रभावित भएर अर्जुन कुमारले उनलाई भद्रगोलमा भित्राएका थिए । बले पात्र र उनको थेगो पनि त्यही फिल्मबाट झिकिएको हो । पढ्नका लागि विदेसिने तयारीमा रहेका सागर भद्रगोलबाट पाएको चर्चासँगै अभिनयक्षेत्रमै रत्तिन पुगेका छन् ।
सिते बाको भूमिकामा अभिनय गर्ने मधुसुदन पाठकको शैली पनि उत्तिकै युनिक छ । अनुहारमा कुनै एक्सप्रेसन नल्याइकन ए हो , ठिकी छ नि र आखिर के का लागि भन्ने उनका थेगो हुन् । सिरियलमा हाँडी जस्तै कालो देखिने उनको वास्तविक रुप अर्कै छ । उनी एउटा सहकारी संस्थाका सिइओ समेत हुन् ।
भद्रगोलमा महिला पात्रको खडेरी छ । आधा आकाशलाई प्रतिनिधित्व गर्ने एक मात्र पात्र छिन्,रक्षा । उनी भद्रगोलमा खेल्नुअघि थुप्रै विज्ञापनमा मोडलिङ गरे पनि स्थापित हुन सकेकी थिइनन् । भद्रगोलमा उनले नयाँ पहिचान पाएकी छन् । जिग्रीको गर्लफ्रेन्डको रुपमा देखिने रक्षाको सुन्दरताले ग्लामर थपेको छ ।
भद्रगोलको अर्को चर्चित थेगो हो,‘तनावै तनाव छ,खल्तीमा दुई रुपियाँ छैन’ यो थेगो बोल्ने बेलासे नामको चरित्रमा कार्यक्रमका प्रोड्युसर सुवास कार्की स्वयं अभिनय गर्छन् । खोजीमा दुई रुपियाँ छैन भन्ने उनी थुप्रै व्यवसायका मालिक हुन् । उनी लन्डन नेपाल आवतजावत गरिरहन्छन् ।
पाँडेको भतिजोको भूमिकामा खेल्ने जयन्तेको कुनै थेगो छैन । तर,उनको हाँस्ने शैली बेजोड छ । लामो हात फैलाएर एमराजले जसरी हाँसे पनि उनको हुलिया भने सुदामाको जस्तो छ ।