धादिङबेसीमा तीस दलिय मोर्चाको अन्तरक्रिया सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन ३, २०७१

1466235_1071467202879304_1243293186575276632_nधादिङबेसी । एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको ३० दलिय मोर्चाले शनिवार धादिङवेसीमा अन्तरक्रिया एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा धादिङ जिल्ला आन्दोलन परिचालन समितिका संयोजक पुष्पविक्रम मल्ल, संघीय समाजवादी पार्टीका महासचिव टेकबहादुर तामाङ लगायतका नेताहरुले धादिङवेसीमा मोर्चाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एवम् धादिङ जिल्ला आन्दोलन समितिका संयोजक पुष्पविक्रम मल्लेले सत्तारुढ दलहरु एमाले काँग्रेसले पुरानै संविधान विउताउन खोजेको भन्दै पहिचानवादी शक्तिहरु एक ठाउँमा हुन आवश्यक भएको बताउनुभयो ।
अहिले परिवर्तनकारी शक्ति र पश्चगामी शक्तिहरुविच संघर्ष चलिरहेको समेत उहाँले बताउनुभयो । कार्यकर्ताहरुलाई प्रशिषण दिनुहुँदै नेता मल्लले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सबै नेता कार्यकर्तालाईै गाउँ जान समेत निर्देशन दिनुभएको थियो । सो अवसरमा नेता सम्मले पार्टीभित्र रहेको फरक व्यक्तिहरुको फरक विचारहरुलाई थाती राखेर जनताको एजेण्डा बोकेर हिड्न समेत आग्रह गर्नुभएको थियो ।
त्यसैगरी संघीय समाजवादी पार्टीका महासचिव टेकबहादुर तामाङले पहिचानको लागी आफूहरुको संघर्ष नरोकिने बताउनुभयो । सत्तारुढ दलहरु एमाले काँग्रेसले नेपाली जनतालाई आत्मनिर्णयको अधिकारबाट बंचित गरेको समेत उहाँले उल्लेख गर्नुभएको थियो । बहुपहिचानको कुरालाई नकार्न पनि नसक्ने र स्वीकर्न पनि नसक्ने एमालेकै कारण संविधान बन्न नसकेको उहाँको भनाई थियो ।
एमाओवादीको नेतृत्वमा रहेको ३० दलिय मोर्चाले भोली जिल्ला प्रशासनको कार्यालयमा धर्ना बस्ने कार्यक्रम रहेको जानकारी दिएको छ ।