काटमाडौं । व्यवस्थापिका संसद अन्तरगतको विकाश समितिले किर्तिपुर खेल मैदानको स्तरोन्नतीका लागि तत्काल बजेट छुट्टयाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । वल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली टोलीका लागि भौतिक पुर्वाधार नभएको भन्दै विकाश समितिले बजेट छुट्ट्याउन अर्थ मन्त्रालयलाई र क्रिकेट विकाशको गुरुयोजना बनाएर काम थाल्न खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ । विकाश समितिको बैठकमा उपस्थित अर्थमन्त्रालयका निमित्त सचिव बैकुण्ठ अर्यालले खेलकुद मन्त्रालयबाट गृहकार्य गरेर प्रस्ताव आए ५ करोड रुपैया छुट्टाउने प्रतिबद्धता जनाउनुभयो । यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले मुलपानीमा अन्तराष्ट्रिय स्तरको खेल मैदान बनाउने प्रक्रिया अगाडी बढाईसकिएको बताउनुभयो । नेपाली क्रिकेट टोलीका कप्तान पारश खड्काले भने खेलाडीहरुमा क्षमता भएपनि भौतिक पुर्वाधारको कमि र सरोकारवालाको बेवास्ताले क्रिकेटको विकाश सोचे जस्तो हुन नसकेको बताउनुभयो । क्रिकेट सवैका लागि भएकाले खेलमा राजनिति नगर्न खड्काले आग्रह गर्नुभयो ।