चालक नभएर धादिङ अस्पतालको एम्बुलेन्स थन्कियो

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २०, २०७१

amm copyधादिङ । जिल्ला अस्पताल धादिङको एम्बुलेन्स चालक नहुँदा थन्क्याईएको छ । नियमित एम्बुलेन्स चालक शेरबहादुर भण्डारी (मिलन) माघ २३ गते छोरीको बिहेको तयारीका लागि घरबसेपछि जिल्ला अस्पतालको एम्बुलेन्स चालक नभएर थन्किएको हो ।
जिल्ला अस्पताल धादिङका व्यवस्थापन समितिका अध्यक्ष प्रेमनाथ सिलवालले अस्पतालमा अर्को चालक नहुँदा समस्या आएको बताउनुभयो । एम्बुलेन्स सञ्चालन बारेको कुराकानीमा सिलवालले भन्नुभयो– मिलन “छोरीको बिहे छ भन्दै गएकाले केही दिन एम्बुलेन्स रोकिएको हो” । सिलवालले थप्नुभयो, – “केहिदिनको लागि अर्को चालक खोजेका थियौ तर उ पनि आएन” संचालनमा आफ्ठ्यारो भयो ।
विग्रिएको भन्दै एम्बुलेन्स किन ग्यारेजमा थन्क्याईएको भन्ने प्रश्न गर्दा अध्यक्ष सिलवालले सामान्य समस्या त हो तर एम्बुलेन्स नचलेको चाहिँ चालककै अभावले गर्दा भएको बताउनु भयो । आगामी २३ गते मिलनको छोरीको बिहेपछि समस्या हल हुने पनि अध्यक्ष सिलवालले बताउनु भयो ।
एम्बुलेन्स पटक–पटक विग्रिए पछि, पौष १६ गते इन्जिन बनाएर ल्याइको हो । एम्बुलेन्स ग्यारेजमा थन्क्याउनै पर्ने गरि विग्रियको नहुनु पर्ने अस्पतालका एक कर्मचारीको भनाई थियो । एम्बुलेन्स नचल्ने कुरामा विग्रनुका साथै बिवाह पनि जोडिएकोले केही दिन ठप्प भएको उनको भनाई थियो । जिल्ला अस्पतालमा आएका केही विरामीहरुले भने आफूहरु एम्बुलेन्स नपाएर अन्यत्र अस्पताल जान नसकेको गुनासो गरेका छन् । जिल्ला अस्पतालमा आएका विरामीहरुले अन्य संघ संस्थाले संचालनमा ल्याएको एम्बुलेन्सलाई कुरेर लाइनमा बस्नुपर्ने बाध्यता सृजना भएको केही विरामीका आफन्तहरुले समेत बताएका छन् ।