कोईराला र प्रचण्डवीच छलफल

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १६, २०७१

create_thumb.phpकाठमाडौ । प्रधानमन्त्री सुशील कोईराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको छ । छलफलमा प्रधानमन्त्रीले प्रचण्डलाई सहमतिको लागि वार्ता र संबादमा आउन आग्रह गर्नुभएको छ ।
जवाफमा प्रचण्डले ५ दिनअघि संविधानसभाले गठन गरेको प्रश्नावली प्रस्ताव समिति खारेज गरेर राज्य पुनर्संरचना लगायतको विवादित बिषयमा सत्तापक्षीय दलको तर्फबाट ठोस प्रस्ताव ल्याउन आग्रह गर्नु भएको थियो ।
करिब आधा घण्टा भएको छलफलमा एकीकृत माओवादी नेता डा. बाबुराम भट्टराई र बर्षमान पुन पनि सहभागी हुनुहुनुभएको थियो । छलफलपछि पुनले सत्तापक्षीय दलले बहुमतीय प्रक्रियाको कदम नसच्याएसम्म वार्तामा नबस्ने प्रचण्डले जवाफ दिएको जानकारी दिनुभयो ।