एमाओवादीले संविधानसभाको बैठक बहिस्कार गर्ने

Avatar photo
Dhadingpost
बुधबार, माघ १४, २०७१

indexकाठमाडौं । एकीकृत नेकपा माओवादीले संविधानसभा र व्यवस्थापिका संसद अन्तरगतका सबै बिषयगत समितिको बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले समितिहरुको बैठक बहिस्कार गर्ने निर्णय गरेको हो ।
संविधानसभामा आफूहरुलाई बाहिर राखेर एकलौटी रुपमा बहुमतीय प्रक्रिया अघि बढाई संविधान जारी गर्न खोजेको भन्दै एकीकृत माओवादीले अब कुनै बैठकमा पनि सहभागि नहुने निर्णय गरेको हो ।
यसैबीच एकीकृत माओवादीले संविधानसभाले गठन गरेको प्रश्नावली प्रस्ताव समितिको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । ११ गतेको संबिधानसभा बैठकमा सभाध्यक्ष सुबासचन्द्र नेम्वाङले समिति गठनको प्रस्ताव पेश गरि निर्णय सुनाउनु भएको थियो । आज विहान सिंहदरबारमा बसेको एमाओवादी संसदीय दलको बैठकले समितिको बैठक बहिष्कार गर्ने निर्णय गर्दै सत्तापक्षको भण्डाफोर गर्ने निर्णय पनि गरेको छ । बैठकले सभासदलाई गाउँ फर्किएर सत्तापक्षको भण्डाफोर गर्न निर्देशन दिएको हो ।