क्यान इन्फोटेक आजदेखि भृकुटीमण्डपमा

Avatar photo
Dhadingpost
बुधबार, माघ १४, २०७१

माघ १४ काठमाडौं । क्यान इन्फोटेकको २१ औं संस्करण आजदेखि राजधानीमा शुरु हुँदैछ । कम्प्युटर एसोसिएसन नेपाल क्यानले गर्न लागेको मेलाको आज बिहान ११ बजे प्रधानमन्त्री सुशिल कोइरालाले काठमाडौंको भृकुटीमण्डपमा उदघाटन गर्नुहुने तय भएको छ ।
सूचना प्रविधिको क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको बारेमा मेलामार्फत उपभोक्तालाई जानकारी दिने उद्देश्यले वर्षेनि मेला गर्दै आएको छ । मेलामा एकसय भन्दा बढी स्टल तथा प्रदर्शनीका साथै फुड स्टलसमेत रहने क्यानले जनाएको छ ।
सूचना प्रविधिको कुम्भ मेला भनिने मेलाअन्तर्गत सूचना प्रविधिका बारेमा हुने विभिन्न छलफल पनि हुने भएको छ । १९ गतेसम्म चल्ने मेलाअन्तर्गत १८ गतेलाई बिजनेस डे घोषणा गरिएको छ ।