चौतारा । एमाले निकट नेपाल खेलकुद महासघको आयोजनामा सिन्धुपाल्चोकको चौतारामा ८ किलोमिटर लामो दौड प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुद महासंघले आज चौतारामा आयोजना गरिएको पत्रकार सम्मेलनमा आगामी फागुन २६ गते पुरुष खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने जानकारी दिइएको हो । चौताराको शहिदचोकदेखि इर्खु र मेलचौरबीचसम्म ८ किलोमिटर दौड आयोजना गर्न लागिएको खेलकुद पत्रकार महासंघका जिल्ला अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । सिन्धु क्रस कन्ट्री २०७१ नाम दिइएको यो दौड प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १३ हजार, तेसा्रे हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ८ हजार रुपियाँ नगद,मेडल अनि ट्रफी पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।