नेपालले विश्वकप छनौट खेल खेल्न पाउने

Avatar photo
Dhadingpost
सोमवार, माघ १२, २०७१

cricricri_final_final१२ माघ, काठमाडौं । सुरुको गेम हारेर पन नेपालले विश्वकप खेलि सकेका नेदरन्याण्ड र नामेवियालाई सजिलै हराएको नेपाल अन्तिममा केन्या सँग पराजित भए पछि विश्व क्रिकेट लिग डिभिजन २ मा चौथो स्थानमा सीमित भएको थियो । चौतर्फी नपालीहरुको माघ १२ गते । खुसी एकाएक निराशामा बललिरहेको अवस्थामा नेपाली राष्ट्रिय टोलीले डिभिजन १ को प्रतियोगिता खेल्न पाउने भएसँगै फेरी खुसी छाएको छ। सँगसँगै, चार वर्षपछि हुने एकदिवसीय विश्वकप छनोट पनि खेल्नेछ।

नामिबियामा शनिबार सम्पन्न डिभिजन २ मा नेपाल चौथो हुँदै हैसियत जोगाउन सफल भएको थियो। ६ टोलीको सहभागिता रहेको प्रतियोगिताका शीर्ष दुई टोली डिभिजन १ मा बढुवा हुने, तेस्रो तथा चौथो टोली डिभिजन २ मा यथावत रहने र पुछारका दुई टोली रेलिगेसनमा पर्ने प्रावधान रहेको नागरिकमा खबर छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसिसी० ले भने तेस्रो भएको केन्या र चौथो स्थानमा रहेको नेपाललाई पनि डिभिजन १ हैसियतको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न मौका दिने तयारी गरिरहेको छ। बुधबार र बिहीबार दुबईमा हुने आइसिसी कार्यसमिति बैठकले यससम्बन्धी औपचारिक निर्णय गर्ने नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेलाई उद्धृत गर्दै नेपाल क्रिकेट संघ क्यान स्रोतले बतायो।

शीर्ष दुई टोलीले आगामी चार वर्ष डिभिजन १ मा रहेका ६ टोलीसँग मिसिएर ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा चार दिवसीय स्वरूपको अन्तरमहादेशीय कप खेल्न पाउने प्रावधान थियो। विश्वकप छनोटको अन्तिम चरणमा पनि डिभिजन १ मा उक्लिने दुई टोलीलाई मात्र मौका दिने योजना थियो। आइसिसीले भने डिभिजन २ का शीर्ष चारभित्र पर्ने टोलीलाई ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा विश्वकप छनोटमा खेलाउने सोच बनाएको स्रोत बताउँछ।

‘नेपाललाई विश्व क्रिकेट लिग डिभिजन १ खेल्न छानिएको छ, आइसिसी बैठकले अर्को साता औपचारिक निर्णय लिनेछ,’ पुबुदुलाई उद्धृत गर्दै क्यान स्रोतले आइतबार नागरिकसँग भन्यो, ‘यो प्रतियोगिताका शीर्ष चार टोलीले ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा डिभिजन १ का एकदिवसीय मान्यताप्राप्त टिमसँग खेल्न पाउनेछन्। हामीले अन्तरमहादेशीय कप मात्र गुमाउने छौं। आइसिसीको निर्णयपछि अझ विस्तृत जानकारी आउनेछ।’

युगान्डासँग २ रनको हार भोग्दै डिभिजन २ को सुरुआत गरेको नेपाल लगत्तैको खेलमा नेदरल्यान्ड्सलाई २ विकेटले हराउँदै लिकमा फर्किएको थियो। तेस्रो खेलमा क्यानाडालाई ७ तथा चौथो खेलमा आयोजक नामिबियालाई ३ विकेटको नतिजामा हराएर नेपालले आफूलाई उपाधिको मुख्य दाबेदारका रूपमा उभ्याएको थियो।