धादिङबेसीमा नेम्वाङको पुत्ला जल्यो

Avatar photo
Dhadingpost
आइतवार, माघ ११, २०७१

wwमाघ ११ धादिङबेसी । एमाओवादी सहित ३५ दलिय मोर्चाले आज धादिङबेसीमा संविधान सभाका सभामुख सुवासचन्द्र नेम्वाङको पुत्ला जलाएको छ ।
संविधानसभालाई जबर्जस्ती प्रक्रियामा लाने दुस्प्रयास गरेको भन्दै मोर्चाले आजको दिनलाई कालो दिनको संज्ञा दिदै पुत्ला जलाएको हो ।
धादिङबेसी स्थित फिल्महल चोकमो सुवास नेम्वाङ विरुद्ध नाराबाजी गर्दै ‘देश काँग्रेस एमालेको चेम्बर भएको’ आरोप लगाउँदै नेम्वाङको पुत्ला जलाईएको थियो ।
यसैगरी धादिङबेनीघाट चरौदीमा पनि नेम्वाङ पुत्ला जलाईएको छ । बेनघिाट स्थित चरौदीको पुत्ला दहन कार्यक्रमलाई वाईसिएल धादिङका अध्यक्ष चन्द्रबहादुर सिलवाल (मिलन)ले सम्बोधन गर्नुभएको थियो ।
wwwwwww