नाराबाजीको बावजुत प्रक्रियाको बाटो खुल्यो

Avatar photo
Dhadingpost
आइतवार, माघ ११, २०७१

subasमाघ ११ काठमाडौ । एमाओवादी सहितको मोर्चाले गरेको नाराबाजी बावजुत प्रश्नावली बनाउन ७३ सदस्यीय समिति बनाईएको छ । विपक्षीहरुले निरन्तररुपमा संविधानसभा अवरोध गरेपछि नेम्वाङ आफैले संविधानसभा नियमावली २०७० को नियम ९१ बमोजिम समितिमा रहने सदस्यहरुको नामावली सहित प्रस्ताव गर्नु भएको प्रस्तुत हो ।
७३ सदस्यीय प्रस्ताव निर्माण समितिमा ४९ जना सदस्यहरुको नामावली नेम्वाङले पेश गरेका हुन् । उनले विपक्षीहरुलाई दलहरुलाई मागिने बसिने । सबैले नाम बुझाए पछि पूर्ण समितिको बैठक ५ गते बस्ने भनिएको छ ।
नाराबाजीका बीच सभाध्यक्ष नेम्वाङ आफैंले प्रश्नावली समिति गठनको प्रस्ताव पेश गरि ध्वनी मतका आधारमा प्रस्ताव बहुमतले पास भएको घोषणा गर्नु भएको थियो । सहमतिको बाटो बन्द नगरिएको बताउदै सभामुख नेम्वाङले दलहरु मिलेर आए समिति भङ्ग हुने समेत बताउनु भएको छ । अब अर्को सुचना जारी नहुन्जेललाई बैठक स्थगित गरिएको छ ।