आज थ्रिस्टार र मोरङ क्लब भिड्ने

Avatar photo
Dhadingpost
आइतवार, माघ ११, २०७१

माघ ११ गते । सर्वाधिक पुरस्कार राशीको राष्ट्रिय लिग फुटबलमा आज थ्रिस्टार र मोरङ क्लब भिड्ने भएका छन् । दशरथ रङ्गशालामा आज दुई क्लबीच प्रतिस्पर्धा हने भएको छ ।
यसैबीच दशरथ रंगशालामा भएको बुधबार भएको उद्घाटन खेलमा मनाङले सुदूरपश्चिमलाई ३–० गोल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा ५ वटा ए डिभिजन क्लव र जिल्लाका ४ वटा गरी ९ टिम सहभागी छन् ।
प्रतियोगितामा मनाङ मर्स्याङ्दी, थ्री स्टार, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफ र त्रिभुवन आर्मीका साथै झापा ११ फुटबल क्लव, मोरङ फुटबल क्लव, लुम्बिनी फुटबल क्लव बुटवल र सुदुरपश्चिमाञ्चल फुटबल क्लव कैलाली सहभागी छन् । प्रतियोगिताको विजेताले १ करोड रुपैया पुरस्कार पाउनेछ भने उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउनेछन् ।