माघ १० काठमाडौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाको बैठक स्थगित गरेर सहमतिको लागि दलहरुलाई आह्वान गर्न संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङलाई आग्रह गर्नुभएको छ ।
आज भएको भेटमा प्रचण्डले कम्तिमा १० दिनको लागि बैठक स्थगित गरेर दलहरुलाई छलफलमा जुट्न आग्रह गर्ने प्रस्ताव नेम्वाङसँग गर्नु भएको हो । सभाध्यक्ष नेम्वाङलाई भेट्न आज दिउँसो प्रचण्डसंगै संबाद समितिका सभापति डा. बाबुराम भट्टराई र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदार पनि पुग्नु भएको थियो ।
नेम्वाङसंगको भेटपछि संचारकर्मिहरुसंग कुराकानी गर्दै प्रचण्डले जबरजस्ती प्रक्रिया अगाडी नबढाउन आग्रह गरिएको बताउनु भयो । २-४ महिना ढिलो गरि संविधान बन्दा केही फरक नपर्ने तर आफुलाई बाहिर राखेर संविधान बनाउन खोजिए देश विखण्डन हुने र दलहरुवीच कित्ताकाटको स्थिति आउने प्रचण्डको भनाई छ ।