सूचना लुकाउने सरकारी कार्यालयलाई कार्वाही गरिने

Avatar photo
Dhadingpost
शनिबार, माघ १०, २०७१

aaमाघ १० धादिङबेसी । राष्ट्रिय योजना आयोजका प्रथम आयुक्त कृष्णहरी बास्कोटाले सूचना लुकाउने सरकारी कार्यालय र त्यसका अधिकारीहरुलाई कार्वाही गरिने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले आयोजना गरेको राष्ट्रिय सूचना आयोगका आयुक्तहरुलाई स्वागत तथा नेपालमा सूचनाको व्यवहारिक प्रयोग विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा वताउनुभएको हो । जिल्लामा क्रियाशील राजनीतकि पार्टीका प्रतिनिधिहरु, स्थानीय बुद्धिजिवी, संचारकर्मी, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा सूचना अधिकारीहरु सहभागिहरुको उपस्थितिमा शुक्रबार धादिङबेसी स्थित जिविस हलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्नुुहुँदै राष्ट्रिय सूचना आयोगका प्रथम आयुक्त कृष्णहरी वास्कोटाले सरकारले राष्ट्रिय सूचना आयोगलाई स्वतन्त्र निकायको रुपमा स्थापना गरेकोले सूचना आयोग कोहि कसैसित डराउनु नपर्ने समेत बताउनुउभएको थियो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख आयुक्त बास्कोटाले सरकारी कार्यालयमा नियुक्त गरिएको सूचना अधिकारीले आफ्नो जिम्मेवारी के हो त्यहि बुझ्ेर काम गर्न आग्रह गर्नुभयो ।
सूचना माग गर्ने सेवा ग्राहीहरु कस्तो प्रकारको सूचना माग गर्न आएका हुन् त्यो सूचना दिनु कर्मचारीहरुको कर्तव्य कर्मचारीहरुको भएको समेत उहाँले बताउनुभयो ।
सो अवसरमा जिल्ला प्रशासनको कार्यालय धादिङले जिल्लाका सरकारी कार्यालयहरुमा रहेका सबै सूचना अधिकारीहरुको विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रसाशनको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले प्रमुख आयुक्त बास्कोटाको उपस्थितिमा जिल्लामा रहेका सूचना अधिकारीहरुको नाम सार्वजनिक गरेर सेवा ग्राहीहरुलाई सूचना दिने नयाँ अभियानको सुरुवात गरेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्तहरु द्धय यशोदा तिम्सिना र किरण पोखरेल लगायतले मन्तव्य राख्नुभएको थियो ।