खाल्टेमा गोरु जुधाई माघे सक्रान्ति मनाईयो

Avatar photo
Dhadingpost
बिहिबार, माघ १, २०७१

khalte copyमाघ १ खाल्टे । धादिङको खाल्टे गाविसको वडा नम्बर ६ फ्याक्सेमा गोरु जुधाएर माघे संक्रान्तिको मनाईएको छ । चमेरे गुफा संरक्षण समाजको अगुवाईमा आज माघे सक्रान्तिको अवसर पारेर खाल्टे ६ फ्याक्सेमा गोरु जुधाउने मेला सम्पन्न गरिएकोे हो । प्रतियोगिताको रुपमा आयोजना गरिएकोे गोरु जुधाउने मेलालाई व्यस्थित बनाउन समाजका अध्यक्ष सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय मुल आयोजक समितिको गठन गरिएको थियो ।
मेलामा १० हल गोरु जुदाईएकोे हेर्न २ हजार भन्दा बढी मानिसहरु आएको आयोजकले दावी गरेको छ । गोरु जुधाउने प्रतियोगितामा बिजयी तथा सहभागि गोरुको धनीलाई पुरस्कार तथा खाल्टे गाविसका ८० वर्ष पुगेका बृद्ध बृद्धाहरुलाई सम्मान गरिएको थियो ।
त्यसैगरी छिमेकी जिल्ला नुवाकोटको तारुकामा पनि आज गोरु जुद्धाई माघे सक्रान्ति मनाईएको छ । राजा जय पृथ्वीबहादुर सिंह माघे संक्रान्तिका दिन नुवाकोटको तारुकास्थित मावली घर गएको र भान्जा मामाघर आउँदा मनोरञ्जन दिलाउनका लागि मामाले गोरुका बाच्छाहरु जुधाएर मनोरञ्जन दिलाएको किम्वदन्ती अनुसार त्यसबेला देखि नै तारुका र आसपासका गाउं वस्तिमा गोरु जुधाउने प्रचलन सुरु भएको विश्वास गरिन्छ ।
माघे संक्रान्तिको दिन तारुकामा भने व्यवस्थित गरेर गोरु जुधाउने परम्परालाई पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै ठाउँमा गोरु जुधाइँदै आएको छ । नुवाँकोट तारुकामा गोरुजुधाउने मेला हेर्नको लागि धादिङ, नुवाकोट, गोरखा, काठमाण्डौ लगायतका विभिन्न जिल्लाबाट हजारौंको संख्यामा दर्शकहरु आएको आयोजकले दावी गरेको छ ।