पारस चम्कदा नेपाल ७ विकेटले विजयी

Avatar photo
Dhadingpost
सोमवार, पुस २८, २०७१

काठमाडौं, पुस २८ / timthumbकप्तान पारस खड्काको सतकीय पारीसँगै नेपालले दक्षिण अफ्रिकामा भइरहेको अन्तिम अभ्यास खेलमा इश्टर्न इन्भिटेशनल ११लाई ७ विकेटको हराएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको इश्टर्नले ४८. ३ ओभरमा २ सय ५६ रन बनाएको थियो। कप्तान पारस खड्काले ३ विकेट लिए । ७ ओभर बलिङ गरेका उनले दुई डेमन राख्दै ३६ रन खर्चिए। सोमपाल कामी, करण केसी र शक्ति गौचनले समान २-२ विकेट लिए भने बसन्त रेग्मीले एक विकेट लिए।
२ सय ५७ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको नेपालले पारसको शतकको मदतमा ४६.२ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गर्‍यो।
११४ बलको सामना गरेका कप्तान पारस खड्काले अभिजित १ सय २३ रन बनाए। उनले १५ चौका र २ छक्का हानेका थिए। यस्तै शरद भेसवाकरले अभिजित २१ रन जोडे। उपकप्तान ज्ञानेन्द्र मल्लले पनि शर्तकतक पूरा गरेका थिए।
नेपालले पहिलो विकेट भने सुरुमा नै गुमाएको थियो । दोस्रो ओभरमा नेपालले कुल ५ रन जोड्दा ओपनर नरेश बुढायरलाई पहिलो विकेटको रुपमा गुमायो ।
मल्लले १०२ बल खेलेर चार चौकाको सहयोगमा ५३ रन बनाए। यसअघि ओपनर सुवास खकुरेलसँग मिलेर उपकप्तान ज्ञानेन्द्रले नेपाली पारीलाई केही उकासेका थिए। सुवासले ३२ रन जोडे। यसअघि आइतबार भएको दोस्रो अभ्यास खेलमा पनि नेपालले अफ्रिकी टोली मपुमलंगालाई ६४ रनले हराएको थियो।