भोली एमाओवादीले तामसालिङ र नेवा बन्द गर्दै

Avatar photo
Dhadingpost
सोमवार, पुस २८, २०७१

rambahadur bhandariधादिङ पुस २८ गते । एमाओवादी धादिङले भोलि बन्दको घोषणा गरिएकोले उद्योग कल कारखाना शैक्षिक संस्था बन्द गराई सहयोग गर्न आग्रह गरेको छ ।
एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले मुलुकमा फेरि जनपक्षिय संविधान बन्न नदिने चलखेल बढ्दै गएको र सहमति र संवादबाट संविधान गारी गर्न दवाव स्वरुप भोलि तामसालिङका धादिङ सहित १० जिल्ला र नेवाः राज्यका काठमाडौ भक्तपूर र ललितपूर जिल्ला बन्दको घोषणा गरिएको बताउनु भएको छ ।
उहाँले बन्दबाट सर्वसाधारणमा पर्न जाने असुविधाप्रति क्षमयाचाना माग्दै बहुमतको मन्त्र जप्नेहरुलाई सहमतिबाटै संविधान बनाउन नैतिक दवाव सृजना गर्न बन्दको आयोजना गरिएको बताउनु भयो ।
एमाओवादी धादिङका उपाध्यक्ष राजु नेपालले बन्द सफल पार्न एमाओवादी धादिङका नेताहरु आआफ्नो कार्यक्षेत्र पुगि सकेकाले बन्द अबज्ञा कहिकतैबाट नहुने बताउनुभएको छ ।