हात्ती सुन्दरीको उपाधि पिङकीकलीलाई

Avatar photo
Dhadingpost
सोमवार, पुस १४, २०७१

चितवन पुस १४ गते । चितवन हात्ती महोत्सवको अन्र्तगत हात्ती सुन्दरी उपाधि पिङकीकलीले जितेको छ । आज भएको उपाधि भिड्न्तमा ११ बर्षिय पिङकीकली उपाधि जित्न सफल भएको हो । त्यस्तै पुष्पाकली फस्ट रनर अप हुँदा प्रकृतिकली सेकेण्ड रनर अप भएको छ ।
यसैगरी आज भएको हात्ती दौडको दोश्रो सेमी फाईनलवाट ३ वटा हात्ती फाईनलमा प्रवेश गरेका छन । बुबो टा्भल्सको पिङकीकली, आउट साइड एड्भेन्चरको लक्ष्मीकली र होटल ल्याण्ड मार्कको लक्ष्मीकली फाइनलमा प्रवेश गरेको नतिजा प्रकाशन उपसमितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो । छावा फुटबलमा टान नेपाल तेश्रो भएको छ । तेश्रो स्थानका लागी भएको खेलमा सिजी फुड्सलाई टानले ३÷१ ले पराजित गरेको हो । महोत्सव अन्र्तगत आजै भएको टाँगा दौड प्रतियोगितामा पारदर्शी दैनिक प्रथम, शुभलक्ष्मी मेडिकल हल द्वितीय र विजय एफएम तृतीय भएको छ ।