तेक्वान्दो प्रतियोगितामा नुवाकोट च्याम्पियन

Avatar photo
Dhadingpost
आइतवार, पुस १३, २०७१

नुवाकोट पुस १३ । ‘प्रथम राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता’मा आयोजक नुवाकोट समूह च्याम्पियन बनेको छ । प्रतियोगिताको जुनियर तर्फ आयोजक नुवाकोटका खेलाडी समूह बिजेता र उपबिजेता तथा सिनियर तर्फ नुवाकोट समूह उपबिजेता बन्न सफल भएको हो ।
विभिन्न पाँच विकास क्षेत्र, विभागीय समूह शसस्त्र प्रहरीका खेलाडी सम्मिलित प्रतिस्पर्धामा नुवाकोटका खेलाडी समूह बिजेता र उपबिजेता बन्न सफल भएका छन । विभिन्न जिल्लाबाट छानिएका खेलाडी सम्मिलित समूहमा नुवाकोटका खेलाडीहरुले अघिल्लो प्रतिस्पर्धाको भन्दा सुधारिएको प्रदर्शन गर्दै राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता’मा विकास क्षेत्र र विभागीय समूहर्लाइ पछि पार्न सफल भएको हो ।