कस्तो बिरामीले कस्तो डाक्टर भेट्ने ?

Avatar photo
Dhadingpost
बिहिबार, पुस ३, २०७१

doctors-drain-indiaबिरामीले सही उपचार पाउन सही डाक्टर भेट्नुपर्छ । जसका लागि बिरामीले आङ्खनो रोगअनुसार विशेÈज्ञ डाक्टर पहिचान गर्न सक्नुपर्छ । रोगअनुसार सही डाक्टर पहिचान गर्न २ वटा कुरामा ध्यान दिनुपर्छ । पहिला–डाक्टरको डिग्री र दोस्रो–उसको विशेÈज्ञता । जानकारी अभावमा मेडिकल समस्यामा सर्जनकहाँ जानु, सर्जरीका लागि फिजियसनलाई भेट्नु र आङ्खनो रोगसंग सम्बन्धीत विशेÈज्ञका बारेमा थाहा नहुँदा अर्को रोगका विशेÈज्ञ डाक्टरलाई भेट्नु आमसमस्याको रुपमा देखिएको छ । सही डाक्टर पहिचान गर्न नसक्दा उपचार खर्च बढी पर्ने, अनावश्यक जाँच गर्नुपर्ने, समय बर्बाद हुने, सही उपचार हुन नसक्ने र रोग जटील बन्दै जाने समस्या उत्पन्न हुन सक्छन् । शारीरिक समस्या देखिएमा सकभर पहिला फिजिसियनलाई देखाउनुपर्छ । फिजिसियनको सल्लाह अनुसारमात्र विशेÈज्ञ डाक्टरलाई देखाउनुपर्छ ।
कुन समस्यामा कस्ता डाक्टरलाई देखाउने ?
न्युरोलोजिष्ट
मष्तिस्क र नसा सम्बन्धी अध्ययन गरेका डाक्टरलाई न्युरोलोजिष्ट भनिन्छ । टाउको दुख्ने, माइग्रेन, नसासम्बन्धी समस्या, छारे रोग, रिंगटा लाग्ने, हिड्न गा¥हो हुने, बेहोस हुने र अन्य मष्तिस्क र नसासम्बन्धी समस्या भएमा न्युरोलोजिष्टलाई देखाउनु पर्छ ।
नेङ्खरोलोजिष्ट
मिर्गौला सम्बन्धी अध्ययन गरेका डाक्टरलाई नेङ्खरोलोजिष्ट भनिन्छ । पिसाब गडबडी भएमा, पिसाबमा रगत आएमा, मिर्गौला प्रत्यारोपण सम्बन्धी जाँच र उपचार गर्नुपरेमा नेङ्खरोलोजिष्टलाई देखाउनुपर्छ ।
पल्मोनोलोजिष्ट
फोक्सो रोगसम्बन्धी अध्ययन गरेका डाक्टरलाई पल्मोनोलोजिष्ट भनिन्छ । स्वाँस्वाँ हुने, फोक्सोको संक्रमण, घुर्ने, दम, सिओपिडि जस्ता समस्या भएकाले पल्मोनोलोजिष्टलाई देखाउनुपर्छ ।
इन्डोक्राइनोलोजिष्ट
हर्मोन र मेटाबोलिजम सम्बन्धी अध्ययन गरेका डाक्टरलाई इन्डोक्राइनोलोजिष्ट भनिन्छ । मधुमेह, थाइराइड र अन्य हर्मोन गडबडीले लागेका रोगमा इन्डोक्राइनोलोजिष्टलाई देखाउनुपर्छ । इन्डोक्राइनोलोजिष्टमा डिएम गरेका डाक्टर नेपालमा एकजना मात्र छन् ।
रिउयुमेटोलोजिष्ट
बाथरोग सम्बन्धी अध्ययन गरेका डाक्टरलाई रिउमेटोलोजिष्ट भनिन्छ । नेपालमा ३ जनामात्र रिउयुमेटोलोजिष्ट रहेको जानकारहरुले बताएका छन् ।
युरोलोजिष्ट
मुत्रनली र पिसाब सम्बन्धी अध्ययन गरेका डाक्टरलाई युरोलोजिष्ट भनिन्छ । प्रोस्टेट, मुत्रथैलीमा पत्थरी लगायत पिसाबमा गडबडी भएमा युरोलोजिष्टलाई देखाउनुपर्छ ।
यसैगरी हाडको समस्या भएमा अर्थोपेडिक्स तथा मुटुसम्बन्धी समस्या भएमा काडिर्योलोजिस्टलाई देखाउनुपर्छ । नेपालमा आँखा, दाँत, क्यान्सर, मधुमेहलगायत सबै प्रकारका रोगका विशेÈज्ञ डाक्टर उपलब्ध छन् ।
ध्यान दिनुपर्ने
रोगको लÔणका आधारमा आफैले विशेÈज्ञ डाक्टर खोज्नुभन्दा फिजिसियनको सल्लाहअनुसार जानु उपयुक्त हुन्छ । फरक–फरक रोगमा पनि एकै प्रकारको लÔण देखिन सक्छ । डाक्टरलाई आङ्खना समस्या खुलेर बताउनुपर्छ । समस्या लुकाएमा वा भन्न नसक्दा सही उपचार नहुन सक्छ । डाक्टरलाई देखाउन जानुअघि आङ्खना समस्या लेखेर लाँदा राम्रो हुन्छ । डाक्टरलाई देखाएपछि औÈधिका बारेमा पनि राम्रोसंग बुझ्नु पर्छ । सबै औÈधि सबै ठाउँमा उपलब्ध नहुने भएकाले सो जिज्ञासा पनि डाक्टरलाई भन्नुपर्छ । औÈधिले निको नभएमा डाक्टर फेर्नुभन्दा पुनः सोही डाक्टरलाई भेटि समस्या बताउनुपर्छ । डाक्टरको सल्लाहविना औÈधि छाड्ने, मात्रा घटबढ गर्ने, सुरु गर्ने गर्नु हूँदैन । अरुको लहलहैमा लागेर डाक्टरकहाँ जानुभन्दा सही डाक्टर पहिचान गरी जानुपर्छ । डाक्टरलाई भेट्न जाँदा आङ्खना पुराना समस्या खुलेर बताउनु पर्छ र पुराना पर्चा पनि लिएर जानुपर्छ । डाक्टरलाई आङ्खनो बारेमा सही जानकारी नदिँदा ज्यानै जान सक्ने पनि हुनसक्छ ।
(डा. ओम मूर्ति अनिलको म पनि डाक्टर पुस्तकबाट)