डिभिजन–२ को लागि नेपालले खेलाडी छनौट गर्यो

Avatar photo
Dhadingpost
बिहिबार, पुस ३, २०७१

काठमाडौं, ३ पुस । आगामी महिना नामिबियामा हुने डिभिजन–२ लागि नेपालले खेलाडी छनौट गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो । पारस खड्काको कप्तानी रहेको टोलीमा मेहबुब आलम, राजेश पुलामी, रामनरेश गिरी र राहुलकुमार विश्वकर्मा भने परेका छैनन् । युगान्डामा गत अक्टोबरमा भएको डिभिजन तीन खेल्ने टोलीमा रहेकामध्ये मेहबुब मात्र यसपटक टोलीमा नपरेका हुन् । उनकै स्थानमा करणले ठाउँ पाएका हुन् ।
‘मेहबुब ब्याटिङ अलराउन्डर हो तर, हामीलाई राम्रो पेस बलर चाहिएकाले करणलाई टोलीमा स्थानमा ल्याइएको हो’, राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेले भने । यसअघि मेहबुबले केही वर्ष टोली बाहिर रहेर लगातार दुईवटा एकदिवसीय स्वरूपका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।
घोषित टोलीका अन्य सदस्यमा वसन्त रेग्मी, शक्ति गौचन, सागर पुन, सोमपाल कामी, सुवास खकुरेल, विनोद भण्डारी, नरेश बुढाऐर, शरद भेषावकर, अमृत भट्टराई, आरिफ शेख, करण केसी र भुवन कार्की रहेका छन् । डिभिजन–२ प्रतियोगिता माघ ३ देखि १० गतेसम्म हुँदै छ ।