केन्याको क्रिकेटमा लज्जास्पद हार

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १, २०७१

पौष १ । पाकिस्तान भ्रमणमा रहेको केन्याले क्रिकेटमा लज्जास्पद हार व्होरेको छ । पाकिस्तान ए संग आज भएको खेलमा केन्याले लज्जास्पद हार व्होरेको हो । गद्दाफी स्टेडियम लाहोरमा टस हारेर पहिले व्याटिङ गरेको पाकिस्तानले जितका लागी केन्याको सामु २ सय ६६ रनको चुनौती पेश गरेको थियो । पाकिस्तानले निर्धारित ४५ ओभरमा ५ विकेटको क्षतिमा २ सय ६५ रन बनाएको थियो । २ सय ६६ रनको विजय लक्ष्य पछ्याएको केन्या २२ ओभरमा अल आउट हुदैँ मात्र ५१ रन जोड्न सफल भएको थियो । केन्या मात्र ५१ रनमा समेटिएपछि पाकिस्तान ए २१४ रनले विजयी भएको हो । पाकिस्तानको जितका लागी बबर अजामले सर्वाधिक ९७ रनको योगदान गरेका थिए । केन्याका ४ खेलाडीले एक रन पनि जोड्न सकेनन् भने ५ जना दोहोरो अंक बनाउनबाट चुकेका थिए । केन्याका लागि लुकास ओलौच सर्वाधिक नट आउट १८ रन जोड्न सफल भएका थिए ।