आयुर्वेद चिकित्सा क्षेत्रका व्यक्तिहरुले धन्वन्तरीको भव्य पूजा

Avatar photo
Dhading Post
मङ्लबार, अशोज ३०, २०६९

काठमाडौं, २७ कात्तिक आयुर्वेदका प्रणेता धन्वन्तरीको आज विशेष पूजा आराधना गरिँदैछ । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन आयुर्वेद चिकित्सा क्षेत्रका व्यक्तिहरुले धन्वन्तरीको भव्य पूजा गर्छन् ।

त्रयोदशी हिजो र आज दुई दिन परेकोले आज धन्वन्तरीको पुजा गर्न लागिएको अस्पतालका डा टेकराज पन्थीले बताए । काठमाडौं क्षेत्रपाटीमा रहेको नरदेवी अस्पताल प्राङ्गणमा अहिले केहिबेरमा हुने विशेष पूजाको स्वास्थ्य मन्त्री राजेन्द्र महतोले उदघाटन गर्ने कार्यक्रम छ ।

आज नरदेवी अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल समेत वितरण गरिने अस्पतालले जनाएको छ । यस्तै सिंहदरबार बैद्यखाना, स्पर्श आयुर्वेद अस्पताललगायत आयुर्वेदका अस्पतालहरुमा पनि पूजा आराधना हुँदैछ । यो वर्ष धन्वन्तरी जयन्तीको अवसरमा सप्ताहव्यापी कार्यक्रम भैरहेका छन् ।

काठमाडौंको नरदेवी अस्पताल रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षण लगायतका कार्यक्रम गरिरहेको छ ।

आयुर्वेद चिकित्सा क्षेत्रको विस्तार र यसको प्रभावका बारेमा सबैलाई जानकारी गराउने उद्देश्यले विक्रम सम्वत् १९७४ देखि हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन धन्वन्तरी जयन्ती मनाईन्छ ।