कतारमा लोक दोहोरी २०१२ को ग्राण्ड फिनाले सम्पन्न

Avatar photo
Dhading Post
मङ्लबार, अशोज ३०, २०६९

बुधबल गुरुङ

दोहा-कतार । ऐतिहासिक रुपमा विदेशमा नै पहिलो पटक आयोजित खुल्ला नेपाली लोक दोहोरी गीत प्रतियोगिता २०१२ को ग्राण्ड फिनाले कार्यक्रम कात्तिक ११ गते शनिबार अल अरबी स्पोर्ट क्लवको हलमा सम्पन्न भएको छ । ग्राण्ड फिनालेमा प्र्रवासी नेपाली सांगितक परिवार बी का रमेश परियारको समूह प्रथम भएको छ ।

त्यसै गरी नव प्रतिभा समूह (स्याङ्गजा सहयोग समाज कतार) को समूह द्धितिय र फेवा सांस्कृतिक परिवार (कास्की आदर्श सेवा समाज) को समूह तृत्तिय भएका थिए भने प्रवासी नेपाली सांगितिक परिवार- ए ले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । कुल २४ समूहहरु बिच भएको प्रतिष्पर्धाबाट उत्कृष्ट चार समूहरु ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए ।

तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार कतारले आयोजना गरेको यस ग्राण्ड फिनाले कार्यक्रमको प्रमुख अतिथी नेपाली राजदुतावासका महामहिम राजदुत डा. माया कुमारी शर्मा हुनुहुन्थ्यो । प्रमुख अतिथीको आशनबाट बोल्दै डा. शर्माले कतारवासी नेपालीहरुलाई स्थानिय कानुनको अधिनमा रही कार्यरत रहन आग्रह गर्नु भएको थियो । त्यस्तै उहाँले नेपाली लोक संस्कृति संरक्षण गर्नका खातिर सक्रिय संस्था तमू समाज कतारलाई शुभकामना सहित धन्यवाद दिनुभएको थियो ।