एमाले धादिङको वडा अधिवेशन मंसिर २६ र पालिका अधिवेशन पुस ४ गते हुने

Avatar photo
Dhadingpost
मंसिर १२, २०८३

धादिङ । नेकपा एमाले धादिङले जिल्लाका वडा र पालिका अधिवेशनको मिति तय गरेको छ । एमालेले वडा अधिवेशन मंसिर २६ गते र पालिका अधिवेशन आगामी पुस ४ गते गर्ने कार्यसूची बनाएको छ ।

नेकपा एमाले धादिङको जिल्ला कमिटीको बैठक मंसिर १९ गते बस्ने भएको छ । जिल्ला सचिव राधिका सापकोटाका अनुसार बैठकले अधिवेशनको तयारी तथा व्यवस्थापनलगायत विषयमा छलफल गर्नेछ ।

एमालेले तय गरेको कार्यसूचीअनुसार जिल्लाका सबै वडामा मंसिर २६ गते अधिवेशन हुनेछ भने पालिका अधिवेशन पुस ४ गते आयोजना गरिनेछ ।

अधिवेशनमार्फत पार्टीको वडा तथा पालिका तहमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढ्नेछ ।